विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्वो ‘मौसम’ लाई बर्खास्त गरेका छन् ।
शनिबार साँझ प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको चर्चा चल्दै गर्दा मुख्यमन्त्री राईले अर्थमन्त्री आङ्वोलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री राईले सरकारकै जिम्मेवार मन्त्री आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्रिय भएको आरोप लगाउँदै मन्त्री आङबोलाई बर्खास्त गरेको बताए ।
संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिए । मुख्यमन्त्री राई ओली समूहका हुन् ।