काठमाडौँ । नेपाल प्रहरीका ९ जना एसएसपीलाई गृह मन्त्रालयले डीआईजीमा बढुवा सिफारिस गरेको छ ।
नौं जना एसएसपीहरुको गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले बढुवा सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ५ जना डीआईजीको दरबन्दी थपेपछि नौंजना पुगेको हो ।
यसअघि ४ जना डिआइजीको पद रिक्त थियो । रिक्त र थपिएको गरी ९ जना बढुवा सिफारिसमा परेका हुन् ।
एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजीमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।