सागर केरुङको नाट्यकृति ‘तियाहा’ विमोचन - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागर केरुङको नाट्यकृति ‘तियाहा’ विमोचन

माङसेबुङ । नट्यकर्मी, लेखक, निर्देशक तथा कलाकार सागर केरुङको नाट्यकृति ‘तियाहा’ विमोचन गरिएको छ ।

लेखक केरुङको नाट्यकृति ‘तियाहा’ शनिबार किरात याक्थुङ चुम्लुङ (लिसाप) केन्द्रिय समितिको आयोजनामा चुम्लुहिम ललितपुरमा एक कार्यक्रविच विमोचन गरिएको हो ।

नाट्यकृतिभित्र लिम्बु भाषा कक्षा ६, ७, ८ र ९ को पाठ्यपुस्तकमा समाविष्ट नाटकहरुको समालोचना सहितको वर्णन गरिएको छ ।

याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको लागि हाल युकेमा कार्यरत सुर्य केरुङ र लाल आङ्देम्बे दम्पतीको आर्थिक सहयोगमा प्रकाशन भएको नाट्यकृतिलाई मलिसा याक्थुङ्बा, यासेली योङ्हाङ, डिकध्वज लावती, एलबि नेम्बाङ र लाल अञ्जान सम्बाहाम्फेले समालोचना गरेका थिए ।

बिमोचन समारोहसँगै नाटक सम्बन्धि बहस समेत गरिएको कार्यक्रममा ‘नाटक र मुन्धुमको सम्बन्ध’ – मुन्धुमविद यासेली योङ्हाङ, ‘नेपाली नाट्य क्षेत्रमा आदिवासी नाट्यकर्मिहरुको वर्तमान अवस्था’(प्राध्यापक तथा नाट्यकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष प्रवीण पुमा र ‘लिम्बू समुदायमा नाटक बिधाको प्रभाव’ बिषयमा प्राज्ञ तथा प्राध्यापक अमर तुम्याङ्ले आफ्नो विचार प्रस्तुत गरेका थिए ।

बिमोचन कार्यक्रममा लिम्बू बिद्यार्थी मञ्चका अध्यक्ष दीपा लक्सम, याक्थुङ लेखक संघ महासचिव टंक सेलिङ, याक्थुङ मुन्चइत चोक सयङ अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, युवा चलचित्र कर्मी संघका अध्यक्ष दिनेश लिङ्देन, वरिष्ठ चलचित्र निर्देशक तथा नाट्यकर्मी प्रकाश आङ्देम्बे, वरिष्ठ चलचित्र निर्देशक उदय सुब्बा, विश्वको शक्तिशाली महिलामा पर्न सफल सपना रोका मगर, युवा नेता जयप्रकाश केरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 

सम्बन्धित खवर