कियाचु–किरात सिरीजंगा पुरस्कार साहित्यकार थाकुहाङ मेरिङलाई प्रदान गरिदैं - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु–किरात सिरीजंगा पुरस्कार साहित्यकार थाकुहाङ मेरिङलाई प्रदान गरिदैं

माङसेबुङ । लामो समय देखि लिम्बु भाषा साहित्यमा लागिपर्नु भउका लेखक तथा सहित्यकार थाकुहाङ मेरिङ सङबाङफेलाई यस बर्षको कियाचु–किरात सिरीजंगा पुरस्कार प्रदान गरिने भएको छ ।

आइतबार बसेको किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यसमितिको सचिवालय बैठकले लेखक तथा सहित्यकार थाकुहाङ मेरिङ सङबाङफेलाई यस बर्षको कियाचु–किरात सिरीजंगा पुरस्कार प्रदान गरिने निर्णय गरेको हो ।

उक्त पुरस्कार साहित्यकार मेरिङलाई तेअङसि सिरीजंगा सिंथेबेको ३१६ औं जन्मजयन्तीको अवसरमा आगमी पुस १५ गते भर्चूअलबाट घोषणा गरि वितरण गरिने स्रोतले जनाएको छ ।

पुरस्कृत लेखक तथा सहित्यकार थाकुहाङ मेरिङ सङबाङफेका हालसम्म ८ वटा कृतिहरु प्रकाशन भएका छन् ।

सम्बन्धित खवर