कियाचु उदयकला पुरस्कार निर्देशक रणविर सेर्मालाई प्रदान गरिदैं - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु उदयकला पुरस्कार निर्देशक रणविर सेर्मालाई प्रदान गरिदैं

माङसेबुङ । थुप्रै म्यूजिक भिडियो तथा चलचित्रहरु निर्देशन गरेका निर्देशक रणबिर सेर्मा(रवि)लाई यस बर्षको कियाचु उदयकला पुरस्कार प्रदान गरिने भएको छ ।

आइतबार बसेको किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यसमितिको सचिवालय बैठकले निर्देशक रणबिर सेर्मा(रवि)लाई यस बर्षको कियाचु उदयकला पुरस्कार प्रदान गरिने भएको हो ।

उक्त पुरस्कार निर्देशक सेर्मालाई आदिवासी लिम्बू समुदायको राष्ट्रिय चाड चासोक तङनामको अवसरमा आगमी पुस १५ गते भर्चूअलबाट घोषणा गरि वितरण गरिने किरात याक्थुङ चुम्लुङको केन्द्रिय सचिवालयले जनाएको छ ।

निर्देशन सेर्मा बहुचर्चित चलचित्र ‘केःवा कोक्मा’ का निर्देशक हुन् ।

सम्बन्धित खवर