रंगकर्मी राजकुमार मातृ शोकमा - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रंगकर्मी राजकुमार मातृ शोकमा

माङसेबुङ । सामाजिक तथा सांस्कृतिक अभियन्ता, रंगकर्मी, अभिनेता तथा चलचित्रकर्मी राजकुमार आङदेम्बेको ममतामयी आमा हाङस्रुङबा मनरथी आङदेम्बे लिम्बूको निधन भएको छ ।

पान्थरको फालेलुङ गाउँपालिका साबिक याङनाम लिगिम्बा लिम्बुवानमा १९९४ साल पुस २९ गते जन्मेकी मनरथी आङदेम्बेको गत पुस १७ गते झापाको कमल गाउँपालिका–५, साविक लखनपुर १, फारलाईन सिम्लेमा ८१ बर्षको उमेरमा निधन भएको हो ।

४ भाई छोरा, १ बहिनि छोरी, ७ नाति, ७ नातिनि र ३ पनातिनिहरुका धनि मृतक आङदेम्बेको शुद्धाइ(फजे) कार्य भने आउदो पुस २६ गते सामेला २७ गते शुद्धाई(फजे) र २८ गते बिदाई हुने गरि झापाको कमल गाउँपालिका–५, साविक लखनपुर १, फारलाईन सिम्लेमा हुने जनाईएको ।

उक्त शुद्धाइ(फजे) कार्यमा कुल कुटुम्ब, मामा मावली, भाना भान्जा, इष्टमित्र, दाजु भाई, छरछिमेक, सामाजिक, राजनितिक संघ संस्थाहरु लगायत मलामी जनमा उपस्थितिको लागि समेत अनुरोध गरिएको छ ।

सम्बन्धित खवर