ब्रविम र स्वस्तिकाको आवाजमा ‘लाम्धान ताक्नेबी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ब्रविम र स्वस्तिकाको आवाजमा ‘लाम्धान ताक्नेबी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । मुन्धुमी गायक ब्रवीम सेर्मा र उम्दा गायिका स्वस्तिका लिम्बुको सुमधुर आवाजमा सजिएको रोमान्टिक लिम्बु गित ‘लाम्धान ताक्नेबी’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

भारतको पद्माश्री पुरस्कारद्धारा सम्मानित पद्माश्री बि.बि.मुरिङलाको शव्दभावहरुमा डिल्ली बिक्रम सेर्मा र ब्रविम सेर्माको संगीतमा सजिएको रोमान्टिक लिम्बु गित ‘लाम्धान ताक्नेबी’ लिप्सिङ भिडियो ओरिजिन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पदम राजन मगरको संगीत संयोजन रहेको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् ।

प्रेमिल शव्दभावहरुमा सजिएको रोमान्टिक गितको लिप्सिङ भिडियोलाई छायाँकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर