थोकफेला लिङदेनको निर्देशनमा ‘ताङसाङ तर’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला लिङदेनको निर्देशनमा ‘ताङसाङ तर’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका थोकफेला लिङदेनको निर्देशनमा पाःलाम साम्लो ‘ताङसाङ तर’ भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार बुद्धमाया माखिम लिम्बुको शव्द संकलनमा गायक तथा संगीतकार राजु आङदेम्बेको लय संकलन रहेको पाःलाम साम्लो ‘ताङसाङ तर’ भिडियो सिमिक्लिुङ दर्पण युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायिका मनु नेम्बाङ र लोकप्रिय गायक राजु आङदेम्बेको सुमभुर आवाजमा सजिएको भिडियोलाई माङसेबुङ म्यूजिक भिडियोले तयार पारेको हो ।

मनोज राईको सम्पादन, मनिता चेङबाङको मेकअप रहेको भिडियोमा किसोर पतंवा लिम्बु र नुसी सावादेन लिम्बुले अभिनय गरेका छन् ।

माङसेबुङमा छायाँकन गरिएको भिडियोमा किसोर पतंवाको परिकल्पना तथा सिमिक्लुङ दर्पणको अडियो प्रडक्सन रहेको छ भने, ड्रेस तथा भिडियो प्रडक्सन थोकफेला गार्मेण्टको रहेको छ ।

भिडियो हेर्नुहोस…

https://www.youtube.com/watch?v=8PrpuFUZqh0

सम्बन्धित खवर