दीपक लिम्बु र डम्बर नेपालीको ‘याःराक्मा हौ सोल्टिनी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दीपक लिम्बु र डम्बर नेपालीको ‘याःराक्मा हौ सोल्टिनी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । प्रथम नेपाली तारा दीपक लिम्बु र लोकप्रिय गायक डम्बर नेपालीको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ गीत ‘याःराक्मा हौ सोल्टिनी’ भिडियो सार्वजनिक गरिएको छ ।

कान्छा बाजेको शव्दभावहरुमा डम्बर नेपालीको संगीत रहेको गीत ‘याःराक्मा हौ सोल्टिनी’ भिडियो रातोपुल स्थित रक हाउस क्याफेमा र द नेसन्स फलाङसको अफिसियल युट्यूव च्यानलबाट समेत सार्वजनिक गरिएको हो ।

साँस्कृतिक प्रेमिल कथा बुन्न माहिर निर्देशक किरण चाम्लिङ राईको निर्देशनमा भुपेन्द्र तुम्बाहाम्फे छायाँकन रहेको भिडियोमा दीपक लिम्बु र डम्बर नेपाली र एलिजा तुम्बापोले अभिनय गरेका छन् ।

महराज थापाको संगीत संयोजनमा ए प्लस स्टुडियोमा रेकर्डिङ भएकोे गीतमा रेकर्डिङ कुशल थापाले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ साजन साहले गरेका हुन् ।

थैली इन्टरटेन्टमेन्टको पोस्ट प्रडक्सन तथा द नेसन्स फलाङसलको निर्माणमा तयार भएको भिडियोमा श्रृङ्गार सबु तामाङ तथा ड्रोन नविन बाबु गुरुङको रहेको छ भने सम्पादन अनिल रानाले गरेका हुन् ।

भिडियो हेर्नुहोस...

सम्बन्धित खवर