ओली सरकारको कु, प्रतिगमन कि, अग्रमन हो यो..? - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ओली सरकारको कु, प्रतिगमन कि, अग्रमन हो यो..?

  • विक्रम फागो वनेम

अन्ततः ओली सरकारले सांसद बिघटन गराएरै छोडे । आन्तरिक पार्टी कलहको सनकमा प्रतिनिधि सभा नै भंग गर्न लगाए । मानौं, उनको हकमा त सांसद नै अपध्वस्त पारि दिए । उनको यो प्रतिनिधि सभालाई मृत्यु शैयामा आधिकारिक दफन गर्न रुजु गर्ने कार्य भने महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले पलभरमै तोक लगाई दिए । मतलव मृत्यु भएको घोषणा गरि दिईन् । उसो त ऊनीले जवर्जस्त कोमामा राख्न लगाएको सांसद विघटनलाई मृत्यु नभएको र हुन नसक्ने जिकिरका साथ आफ्नो स्वेच्छिक विवेक प्रयोग गर्न सक्थिन् । ओली सरकारको सो प्रस्तावित प्रक्रियालाई ऊनीले रोक लगाई दिन सक्थिन् । उसो त अनुमोदन त के दर्ता र तोकसम्म अस्वीकार गर्न सक्थिन् ।

अपितुः महामहिमज्युले पनि प्रधानमन्त्री ओली सरकारसंगै सती जान राजी भईन् । यानेकी मञ्जुरीमा दस्तखत र लालमोहर दज्काई दिईन् । साथै शितल निवासलाई बालुवाटारको हदै खाँचो र साँचो साथ रहेको ह्वाङ्गै बुझ्न सकिन्छ । बालुवाटारलाई शितल निवासको मृगतृष्णा उसै नि काकाकुलको अवस्थामा छ । जसको हस्तलिखत स्पर्श र स्नेहमयी साथ सहयोगविना बालुवाटारलाई सधैं सुक्खा लाग्छ । जवकी उसलाई शितल निवासको न्यानो ओतको छाँया तस्विरहरु परेन भने, बालुवाटार त उसै नि मरुभुमीमा लम्पसार नै पर्ने खुलस्त भो । सोही मानेमा खोलालाई बगर र बगरलाई खोलाको उस्तै जरुर छ भने जस्तै,बालुवाटार र शितल निवासलाई पनि उस्तै खाँचो र जरुर नै र छ भन्ने जो देखियो । नेपाली राजनीति इतिहासमा यी दुई हर्ट कमेष्ट्री जोडीले विश्व नयाँ रेकर्ड ब्रेकको रूपमा दर्ज नै गरिदिए ।

भनिन्छ, राजनीति मुनाफारहीत कार्यधिकार क्षेत्र हो । नेपाली राजनीति सौन्दर्य चेतमा त यो आदर्श बिचार र लिखत दिग्दर्शन मात्र भयो । कोरा कपोकल्पीत मात्र लोकको मन र मष्तिष्कमा खिल गाढेर बाँची रहयो । यथार्थ धरातलमा प्राय निश्चित असंभवता नै सावित बन्न पुग्यो । दार्शनिक प्लेटोले भने जस्तै आदर्श राज्य कल्पनामा मात्र सिमित छ । भूगोलमा पाउँन मुश्किल छ । अतः ओली सरकारको राजनीति आदर्शता खाली उखानटुक्कासंग मात्र दरियो । प्लेटोले औंल्याएको टिप्पणी भन्दा फरक यिनले नि एकरत्ति माखो मारेनन् । पार्टी र सत्तामा मपाईत्ववादको अहंमताले अन्ततः आफ्नै राजनीति मिसन र करियरमा त्यस्ता कयैंन असंगत लाग्ने बाधा अड्चनहरु बेश्कनै आई लागे । अहिले उनको राजनीति स्थिति र अस्तित्व उहीँ घर न घाट्को अवस्थामा बाँच्न विवश बनेको छ । साँसद भंग गरि दिएसीको राजनीति माहौलले अहिले अर्कै मोड लिन पुगेको छ । देशमा एकखाले संवैधानिक राजनीतिक रिक्तताको संकटले घेराबन्दी गर्दै लैजाने क्रममा छ । यसले देश थप संकटमा जाने र गृह युद्वतर्फ उन्मुख हुन सक्ने अवस्था पनि आउँन सक्छ । उनको यो हठात निर्णय गर्ने जब्बरे शैली र शासकीय अहंकारको रवाफको कारण अन्ततः सत्ता र पार्टीबाट सत्ताच्युत एवं बहिर्गमन हुनु परेको यथार्थ तितोसत्य,आखिर लोकसामु ऊनी आफैले भोग्नु परेको अथाह पीडा छदैंछ क्यार ।

के गर्छस् मंगले, आफ्नै ढंगले भने जस्तै भो ओली सरकारको थुतुनो र काम/कार्बाही अनि उनको सत्तारोहणको पदयात्राहरु कठै..! यस्तो दुर्भाग्यपूर्ण सजायहरु भोग्नुमा उनकै स्वेच्छाचारी रंगढंगले काम गरेकोछ । पार्टी र सत्तालाई स्वेच्छाचारी रुपले अधिनायकवाद लाद्न खोज्दै जाँदाको परिणाम स्वरुपको प्रतिफल थियो यो । पार्टीमा समकक्षी नेताहरुको पेलान र कामकार्बाहीहरुमा कटु आलोचना र बाधा ब्यावधानहरुको कारण सदा आन्तरिक किचोलोले ऊनी पुरै शारीरिक, मानसिक रुपले क्लान्त बन्दै गएका थिए । उनले आफुलाई आत्मा समिक्षाको कठघरामा उभिएर कहिल्यै आत्मालोचना गर्न चाहेनन्जा/नेनन् । पार्टीमा आफ्नो समकक्षी नेताहरु माँझ आत्मालोचना गर्नुलाई, आफ्नो राजनीति अडान धर्मराएको र पराजय भएको बोध ठाने र सम्झे । आफ्नो पार्टीले दिएको निर्देशन मार्फत ब्याक टु ब्याक फर्कनुलाई उनले आफ्नो स्वभिमान ढलेको र निम्छरो आज्ञाकारी भएको झैं अनुभुत गर्न चाहे । खाली आत्मारतीमा रमाउँने प्रवृत्ति रोगका कारण, ऊनी पार्टी र सत्तामा शक्तिशाली हुँदाहुँदै पनि दिनानु दिन कमजोर हुँदै गए । ऊनी आफुलाई कहिले पनि बदल्न चाहेनन् । अतः उनले आफ्नो कमी कमजोरीहरुलाई कहिल्यै पनि सच्याएर कार्य संम्पादन गर्ने सोंच राखेनन्ग/रेनन् । उनको यहीँ बेथिति आचरण र संस्कारित प्रवृत्तिको कारण राजनीति जीवनमा ठुलो मूल्य चुकाउँनु परेको छ । उनले आफ्नो राजनीति जीवनमा कमाएको सम्पुर्ण अग्लो प्रतिष्ठाहरु गर्याल्यामगुर्लुम्म ढाले । लोकसामु सर्बाङगै हुँदै गए ।

सांसद विघटनःदलीय ईतिहासको पुनाराबृती :

भन्नुपर्दा लोकतान्त्रिक सरकारले गरेको गत पुस ५ गतेको उनको कदमलाई प्रतिगमन भन्ने की, अग्रमन नि..? सांसद विघटन गरेको बिषयलाई लिएर भई रहेको बहस र चर्चाले अहिले ओली सरकार चौतर्फी कटु आलोचनाको घेराबन्दी र घृणित पात्रको रूपमा दरिन पुग्न गएका छन् । उनले गरेको लोकतन्त्रको यो कुलाई, पुर्वराजा ज्ञानेन्द्रकै प्रतिगमन पथको कित्तामै उभ्याएर हेर्ने गरिएको छ । संवैधानिक नियामवली विपरित उनले प्रयोग गरिएको संविधानको धारा ७६ को सम्बोधन हिजो पुर्वराजाले प्रजातन्त्र कु गरेको संविधानको धारा १२७ जस्तै प्रयोग र त्यसको व्याख्या विश्लेषण गर्न खोजीएको छ । त्यसो त हिजो कांग्रेसका पुर्व तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाले आफ्नो पार्टीको सामन्य बहुमत(११०.सिट) हुँदाताक पनि,उस्तैगरी सांसद विघटन गरि मध्यवधी चुनावतर्फ देशलाई धकेलेका थिए । पुनश्चः त्यसपछी नेकपा. एमालेको अल्पमतको सरकार तत्कालीन पाटी अध्यक्ष स्व.मनमोहन अधिकारीको नेतृत्वमा बनेथ्यो । एमालेको ९ महिने कार्यकालपछी कांग्रेसले अल्मतको सरकारसंग निहुँ खोज्न थालेसी, प्रधानमन्त्री अधिकारीले पनि उहीँ तत्कालीन राजा स्व.वीरेन्द्र मार्फत संसद विघटन सहित मध्यवधी चुनावको मितिसम्म तोक लगाई आदेश दिएथे । दुर्भाग्य सर्बोच्च अदालतले मध्यवधी चुनाव नहुने बदर गर्दै बैकल्पिक सरकार गठन गर्न आदेश दियो । कांग्रेसका शेर बहादुर देउवाको नेतृत्वमा सरकार निर्माण बन्यो ।

हो अन्तः यहीँ समयकाल देखि नेपाली राजनीति सत्तामा त्रिशंकु सरकार निर्माण हुने बेथिति संस्कारहरुको जग बस्दै गयो । कहिले कांग्रेस गुट/उपगुटले(२०५१) कित्ताकाट हुने त कहिले एमाले दुईचिरा फुट(२०५४) हुनुको कारण, उसबेला पञ्चायती मण्डले पार्टीको रूपमा ट्याग लागेको पुर्व पञ्चेहरुको राजनीति दल राप्रपाको संसदमा खुबै भाउको मोलतोल बढेथ्यो । जसले प्रजातन्त्र प्राप्तिपछी पनि देशको नेतृत्व लोकेन्द्रबहादुर चन्द र स्व.सुर्यबहादुर थापाले आलोपालो गर्दै हाक्ने अवसर प्राप्त गरिरहे । प्रजातन्त्र प्राप्तिपछी राजनीति सत्तामा जुन त्यो फोहोरी राजनीति खेल यिनै प्रजातन्त्रका हिमायती एवं रक्षक हुँ भनि टोपल्ने कांग्रेस एमालेहरुले गरेका हुन/थिए । जुन त्यो खेल अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको दौरानसम्म आईपुग्दा अझै पनि निरन्तर तछाड–मछाडको रूपमा जारी नै छ भन्नुपर्ला । जसको कारण त्यसपछी यता देश र जनताले कहिल्यै समृद्धि र बिकासको उन्मुक्ति पाउँन सकेको छैन् ।

स्मरण रहोस् की, पार्टीमा शिर्ष नेताहरुको लविङ गर्ने वादको कारणले अन्ततः देश सधैं बर्बादतिर अर्थात अवसान हुने बाटोतर्फ गई रहेकोछ । उसताका कोईराला बुढाको नेतृत्वकालमा पनि छत्तिसे(३६) र चौहत्तरे (७४) गुट–उपगुटको कित्ताकाटको राजनीति फोहोरी चलखेल हदै भयो । आफ्नो सरकारको कार्यनीति तथा योजना कार्यक्रम अनुमोदनको निम्ति संसद हाउसमा ल्याउँदा आफ्नै पार्टीका संसदहरुनै पक्ष–विपक्षमा उभिए र जो अस्वीकृत हुने भएसी रिसको आबेग र निमेषभरको सनकमा कोईराला बुढाले संसद नै भंग गर्न (२०५१) राजाकहाँ तोक गर्न लगाई दिएथे । संयोग या दुर्भाग्यपुर्ण नै भन्नुपर्ला की, अहिले ओली सरकारले ठ्याक्कै सेम यहीँ बेथितिको नियती भोग्न पुगेको छ । नेपाली राजनीतिको यो कस्तो चक्रीय मेल हो के । यो बढो उदेक र अचम्मलाग्दो राजनीति खेल हो । उसो त ओली सरकारले लोकतान्त्रिक गणतन्त्रको कु गर्दै गर्दा, हिजोका यी कोईराला बुढाले मात्र किन ? अहिलेका यी कांग्रेसका पार्टी सभापती शेरबहादुर देउवाले नि त प्रजातन्त्र कु गर्न भ्याएका थिए ।

उसताक माओवादी शसस्त्र द्वान्द्व उत्सर्गमा थियो । देशमा संकटकाल लागू थियो । जुन संकटकाललाई पुनःसमय थप लम्ब्याउँने र लम्ब्याउँन नचाहने गुट–उपगुटको कारण कांग्रेसमा कोईराला पक्षधर र देउवा पक्षधरको कित्ताकाट भयो । संस्थापन भनिएका कोईराला पक्षधर कुनै पनि हालतमा संकटकाल लम्ब्याउँने पक्षमा रत्तिभर थिएनन् । भने प्रधानमन्त्री देउवा जस्तोसुकै अवस्थामा पनि संकटकाल लागू गर्ने जब्बर मुढ्मा थिए । उनको यो जब्बर अहंमताको सेखी झार्न यानेकी चेक एण्ड ब्यालेञ्ज गर्न, कोईराला बुढाले अन्ततः उहीँ संसद र सदनमा अविश्वासको प्रस्ताव दस्तखत गराउँने ऐंलान गरि दिएसी, सन्की देउवालाई नि के चाहियो र ? अन्ततः उनले नि मध्यरातमा संसद भंग गर्न लगाउँदै प्रजातन्त्र पुर्वराजा ज्ञानेन्द्रलाई दरबारमा (२०६१) बुझाई दिएथे । ततपश्चात् भने कोईराला क्याम्प र देउवा क्याम्पको कित्ता काटाकाट भयो । नेपाली कांग्रेस दुई चिरामा बिभाजीत बन्न बाध्य भयो । निर्वाचन आयोगले पार्टीको झण्डा र चुनाव चिन्ह रुखलाई कोईराला क्याम्पलाई आधिकारिक दिलाएसी यता देउवाले भने नेपाली कांग्रेस (प्रजातान्त्रिक) नामधारी पार्टीको नेतृत्व गरेथे ।

सो अहिले ओली सरकारले पनि प्रचण्ड र माकुने नेताहरुसंग ठ्याक्कै यहीँ लडाइँ लढ्दै आई रहेछन् । सोही बेथिति कार्यले अहिले सत्तारुढ नेकपा.पनि ओली क्याम्प र प्रचण्ड क्याम्पको कित्ताकाट बनी सक्यो । अब यी दुईको लडाइँ पनि उहीँ पार्टीको आधिकारिकता कस्को पोल्टामा जाने हो भन्नेमा रस्साकस्सी चल्दैछ । आखिर यथार्थमा भन्नुपर्दा यो राजनीति मियो मेसोको संयोग मेल मात्र खाएको र भएको नभएर, यो आफैमा नेपाली राजनीति ईतिहासको सौन्दर्यता दृष्टि र परिणाम पनि हो के । अब भन्नुस् की, लोकतन्त्रवादी भनौंदा नेताहरुको यो राजनीति चरित्र खेलको चर्तिकलाले के लोकतन्त्रको रक्षा गर्न सक्ला ? अन्तः लोकतन्त्रको रक्षा गर्न नसक्ने नपुंसक नालायकहरुले झन् देश र जनताको रक्षा गर्छन् भन्नेचेन् तर्क के ? लोकतन्त्रको सौन्दर्य दृष्टिकोण भनेकै यहीँ हो त ? ओली सरकारले चालेको यो कदमलाई लोकतन्त्रको कु गरेको हो भन्ने की नभन्ने नि ? जो हिजोको इतिहासमा कोईराला, देउवासम्मले कु गर्न भ्याएका हुन/थिए । कि पुर्वराजा महेन्द्रले र उनको माईलो छोरो ज्ञानेन्द्रले सत्ता कब्जा गरेकोलाई मात्र कु गरिएको मान्ने कि..? अन्तः राजाहरुले कु गरेको र यी दलीय नेताहरुले गरेकोमा भिन्नता नै के छ र ? यसलाई राजनीति सत्ताको पोईन्टमार्क लगाउँनुपर्दाचेन् अग्रगमन भन्ने की, प्रतिगमन गर्या भन्ने वा ठान्ने हो नि, दलीय पार्टीहरुको ट्याग लागेका शुभेच्छुक राजनीतिकर्मी साथीभाईहरुले ?

राष्ट्रपतिको भुमिका र गरिमाः

यो देशमा राष्ट्रपतिको कुशल अभिभावकत्वको जिम्मेवारी र मर्यादा पालन कहिल्यै निष्कलंक हुन सकेन । हिजोको पुर्व संस्थापक महामहिम रामवरण यादव होस् की अहिलेकी विद्यादेवी भण्डारी हुन् । येनारुँले आफ्नो दलीय पार्टीको भन्दा पर देशको राष्ट्रपति हुने सदिक्षा भनौं या ईत्छाशक्ती देखाउँन र बटुल्न सकेनन् कठै..! खाली आफ्नो पार्टी र सत्ताको आदेशमा सतीजाने औंठाछापे ल्याप्चे लगाईदिने आज्ञाकारी पालक बन्ने सिवाए केही पनि नापेनन् । उसो त राष्ट्रपति पदभार आफैमा देशको गरिमा,ं प्रतिष्ठा राख्न सक्ने अलङकारिक सर्वोच्च अंग हो । जसको कार्यधिकार क्षेत्र केही नि छैन/हुन्न पनि । उसको काम भनेकै मात्र देश र संविधानको रक्षा एवं पालक बन्नु हो । सरकारको कार्यनीति तर्जुमा तथा कार्यक्रम योजनाहरुको नियामवली प्रस्तावहरुलाई अनुमोदन र दस्तखत मार्फत स्वीकृति प्रदान गरीदिनु मात्र हो ।

तथापी गैर संवैधानिक नियमवलीहरुको कार्यनीति तर्जुमाहरुको योजना र अध्याधेसहरु आए, त्यसमा राष्ट्रपतिले आफ्नो स्वविवेक प्रयोग गर्न सक्ने र पाउँनेछ । भन्नुपर्दा यस अघीका संस्थापक राष्ट्रपति यादवले त्यस्ता कयैंन विवादास्पद प्रक्रिया विधिहरुको प्रस्ताव उपर भने, आफ्नो स्वविवेकहरु प्रयोग गरि दिएर संविधानको मर्म र भावनालाई कुल्चन र उल्लंघन हुनबाट पनि बचाएका छन् । भने कति उनले संविधानको भावाना र मर्म विपरित आफ्नो पदभारको मर्यादा नाँघेर पनि विवादास्पद बन्न पुगेका काफी छन् । ऊनी कांग्रेसका प्रभावशाली नेता तथा पुर्वमन्त्री भएका कारण पनि कांग्रेस सत्तामा हुँदा उनले केही आफ्नो पदभारको गरिमा र त्यसको मान प्रतिष्ठालाई बन्धक राखी, कांग्रेसी गन्ध चुहाई दिए । तथापी कतिपय आफ्नै पार्टीले ल्याएको विवादास्पद त्यस्ता कार्यनीति तथा योजना कार्यक्रमका अध्याधेसहरु उनले स्वविवेक प्रयोग गरि अस्वीकृत गरिदिई रिटर्न ब्याक नि गरी दिएको काफी छन् । जुन राष्ट्रपतिको हकमा भने त्यो सोर्हैआना मुनासिफ कार्य पनि थियो ।

देशको पहिलो शक्तिशाली महिला

नारी प्रमुख बनेकी दोश्रो राष्ट्रपति विद्यादेवी भण्डारी भने कहिल्यै निष्कलंक राष्ट्रपति बन्न सकिनन् । ऊनी आफ्नो दलीय पार्टी नेकपाकी राष्ट्रपति भन्दा पर बन्न र हुन सकिनन् । हुँदाहुँदा अहिले ओली सरकारले सांसद विघटनको तोक लगाउँन ल्याएको प्रस्तावलाई पलभरमै दस्तखत गरिदिएसी त यथार्थ थाहा भो की झन् ऊनी त नेकपाकी भन्दा पनि सिर्फ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी. शर्मा ओलीको मात्र राष्ट्रपति हुनु भएकी हुन् की भन्ने स्वंय नेकपा.प्रचण्ड, माकुने. ईतरका नेताहरुलाई सो शसंकीत र एहेशास हुन गयो । यो बढो दुर्भाग्यपूर्ण र राष्ट्रपति पदीयताले लोकसामु गरेको र देखाएको निर्लज्जताको परकाष्ठा थियो । हुन गयो । यी महामहिमले आफ्नो दुई कार्यकालको राष्ट्रपतिको पदभारलाई, कहीँ कतै पनि कलंकको बाछिटाहरुबाट थोरै पनि रोक्न र थाम्ने प्रयाससम्म यिनले गरिनन् । यिनले ओली सरकारको भक्तीमान र स्तुत्यगान गाउँदै जदौ ढोंग गर्नु सिवाए केही पनि नापिनन् । सिंगो देश र नागरिकजनको साझा राष्ट्रपति बन्न÷हुन सकिनन् । अझ भन्नुपर्दा ऊनी त्यो निष्कलंक र सफेद रत्ति बन्न चाहिनन् । खैरःराष्ट्रपतिको गरिमा र प्रतिष्ठा कति ओजपुर्ण हुन्छ भन्ने उदाहरण तः छिमेकी भारतमा हेरे, बुझे काफी नै छ । कि कति निष्कलंक र सफेद बन्छन् ।

तिनले देशको राष्ट्रपतिको पदभार ग्रहण गरेको दिन देखि आफु दलीय पार्टीको कार्यकर्ता भएको चटक्कै बिर्सी दिन्छ । पार्टी निरपेक्ष तथा राजनीति सापेक्षतामा मात्र आम नागरिकको रूपमा चिन्तक मात्रै बन्ने गर्छन् । तिनको चिन्तन भनेको खाली देशको संविधान, देश र आफ्नो नागरिकजनको खालि रक्षा एवं कल्याण गर्दै,कसरी समतामुलक न्याय र अग्रधिकारहरु दिलाउँन सकिन्छ भन्नेमा सधैं सचेत रूपमा घोत्ली रहन्छन् । कार्यान्वयन पक्षमा आफ्नो सरकारको पुर्ण रूपमा ध्यानाकर्षण गराई रहने गर्छन् । हामेरुँको देश र नागरिकजनले खोजेको र अपेक्षा राखेको राष्ट्रपतिचेन् त्यस्तो हो । अन्तःहामेरुँको राष्ट्पति त खाली ओली सरकारको फेरो मात्र समाएर हजुरिया बन्ने । जसको कारण लोकलाज केही नमानी जहिले सर्बाङगै हुँदै गईन् । अन्ततःओली सरकारसंगै आर्यघाटको चितामा सतीजानेसम्म तयार भईन् । जो सांसद विघटनको प्रस्ताव उपरमाथी स्वविवेकसम्म प्रयोग नगरी दस्तखत र ल्याप्चेछाप ठोकी दिएसी, यिनको नारी नश्वर काली नागको अवतारमा रुपधारण गरेको स्वरुपमा देखिईन् । देश र नागरिकजनको हकमा ऊनी कस्ती प्रवृत्ति की नेतृ हुन् भन्नेचेन् उनको अन्तिम राजनीति कायाँचोला सकिन्दै गएकोबेला थाहा पाए । अतः जो उनले खुलेआम सर्बाङगै देखाई नै दिईन् के ।

स्मरण रहोस् की, महामहिम राष्ट्रपतिले गते पुस ५ गतेको कदमलाई स्वविवेक प्रयोग गरी उक्त सांसद विघटनको प्रस्तावलाई रिटर्न ब्याकमात्र गर्न सक्ने साहस औं क्षमता बटुल्न सकेको भए, उनको कद ह्वात्तै हार्दिक सम्मान औं श्रद्वाले चुलिन्थ्यो । त्यसो त राष्ट्रपतिको पदको मर्यादा एवं गरिमा पनि एक्कासी बढ्थ्यो । भने राष्ट्पति पदभार सम्हाले यतादेखी लागेका अनेकंन विवादास्पद बनेका घृणित दाग लागेका छविहरु पनि पलभरमै पखालिन्थे । क्षणभरमै निष्कंलक र सफेद देखिन्थिईन् पनि । भने राष्ट्रपति पदको गरिमा र महत्व पनि नागरिकजनको आस्थामा पुनः अगाध श्रद्वा पलाउँथ्यो । र चुलिन्थ्यो पनि । परन्तुः उनको हकमा यो असिम ऐतिहासिक अवसर र चुनौती दुबै थियो । दुर्भाग्यनै भन्नुपर्ला की, यो अवसर र चुनौतीलाई महामहिमले देश र जनताको ढुकढुकी छामेर या बुझेर, चिन्ने र सामना गर्दै ब्रेकअप गर्ने साहस औं आँट बटुल्ने औकातसम्म गरिनन् ।

अन्तः सो ऐतिहासिक आफ्नो पदीयधारण ब्यक्तित्वको जनआस्था श्रद्वाको अग्लोकदको रेकर्डब्रेक निर्माण गर्ने स्वर्णिम अवसरलाई लत्याएर चुकिन् । जसै उनको नेपाली राजनीति ईतिहासमा कलंकित विदुषी राजनीति परितेत्ता महिलाको रूपमा ढंङढंती गन्हाउँदै कालो धब्बाको रूपमा बाँची रहने बनिन/भईन् ।

बस्तुतः यी महामहिम ओली सरकारको कठपुतली सिवाए केहीपनि बन्न र हुन चाहिनन् । जो यिनले आफ्नो पतीश्री जननेता स्व.मदन भण्डारीको जबज. दर्शनलाई आफ्नो गुप्ताङ छोपी दिने लगौंटी मात्र सम्झिन् । बनाई दिईन् । उनको मृतात्माको छाँयातस्वीरको नाकको डिलमा बसी दिएर अन्ततः यी महामहिमले आँची र सु गरि दिए । अनि उपहास स्वरुप मजाकमा उडाई दिए बरै । अतः यिनले नेपाली महिला र नारीहरुको प्रतिनिधि पात्र र माङगेना शीर उठाई दिने भन्दा पनि लोकसामु निर्लज्जताले माङगेना शीरनत ढाल्ने कार्य सिवाए केहि पनि गरि दिईनन् । यो भन्दा दुर्भाग्यता र पिडादायी क्षण राजनीतिमा देश र जनताको हकमा के होला र नि लै लै..!

अवको राजनीति संकट र अवस्थाः

ओली सरकारको राजनीति जीरो सम्म गेमको प्रयोगात्मक क्षेप्यास्त्रले बस्तुतः पार्टी, सत्ता र नेताहरुलाई साच्चिकै बर्बाद उन्मुख चौरास्तामा उभ्याई दिन बाध्य गराई दिएकोछ । राजनीतिमा यो गेम बढो डरलाग्दो मानिने गरिन्छ । जो हातलाग्यो शून्य हो । जीवनभर राजनीतिमा आफुले कमाएको प्रतिष्ठा औं सम्मानको अग्लोकदलाई जुवाको खालमा दाउमा राख्नु वा सुम्पनु जस्तै हो । यो आफैवीच हारमा लडी रहने र सिदिने खेल पनि हो । आखिर म छैन भने, त पनि छैनस् के । मलाई सिध्याउँछस् भने, तलाई नि सिध्याई दिन्छु भन्ने नै हो । अन्ततः ओली सरकारले आफुले जीवनभर कमाएको राजनीति करियरको सम्पती दाउमा राखी दिए । राजनीति शुन्यमा आफुसंगै अरुलाई पनि शुन्यसंगै अग्निकुण्डमा सतीजान बाध्य पारे । जसको कारण आफ्नो समकक्षी नेताहरु प्रचण्ड, माकुनेहरु यसताका बढो किंकर्तब्यबिमुढ असमञ्जसमा न यता, न उता भएको कित्तामा उभिएका छन् । आखिरमा ओलीले आफ्नो राजनीति शक्ति क्षयीकरण हुने नै भएसी, आफुसंगै समकक्षी प्रतिद्वन्दीहरुलाई पनि लोकसामु सर्बाङगै बनाई दिने मार्गदर्शन अबिलम्ब गरे । आफुमात्र किन भताभुङग र बर्बाद हुने ? पार्टी संगै उनेरुँलाई नि उसै गरेर देखाई दिन्छु भन्ने अहंमता जो पाले र देखाई नि दिए । यसले अब देशमा थप राजनीति संकट र बिबिधापुर्ण अवस्थाहरुको श्रृङखला र घट्नाहरु आउँने छन् । देश शनैःशनै गृहयुद्वतीर जादैंछ । जो हिजोकै त्रीशंकु सत्तामोचन र राजा ज्ञानेन्द्रले कु गरेको अवस्थातीर फर्कने क्रममा देखिन्दैछ ।

समग्रमा भन्नुपर्दा, यो राजनीति संकट ल्याईनु र आउँनुमा ओली सरकार मात्र जीम्मेवार छैन । यसमा आफ्नै पार्टी घरभित्रका प्रमुख नेताहरुको पनि उत्तिकै भागीदार छन् । भने विपक्षी कांग्रेसको मुर्दा समान मौंनताको बिरुप उपस्थिति पनि त्यतिकै जिम्मेवारी छ । तथापी घरभित्रको आन्तरिक रडाकोलाई सामना गर्न नसकेर स्वास्नीको रिसले घरै ध्वस्त पर्दै सिङगो देशमै आगो लगाईनु ओलीलाई त्यो हक किमार्थ थिएन । अझ त्यो महान मुर्खताको व्यबहार जान्दाजान्दै र बुझ्दाबुझ्दै, आगो झोस्ने, उस्काउँने र साथ सहयोगमा बल दिने महामहिम राष्ट्रपति त झन् महाअपराधी, दोषी हुनु भएकी छिन् । ओली सरकारलाई संवैधानिक कु गर्न खुलेआम बैधता दिने यिनै हुन् । देशलाई प्रतिगमनतर्फ धकेल्न र डोर्याउँदै भञ्¥याङ थापी दिने नै यथार्थमा लोकतान्त्रिक गणतन्त्रकी बाधक यिनै हुन् ।

अतः स्मरणमा उन्नुपर्दाचेन् जब भारतको खुफिया रअ प्रमुख शान्तकुमार गोयल बालुवाटार छिरे । त्यसपछी यताको राजनीति माहोल नै फरक रुपले तरंगीत बन्दै जानेक्रममा देखिन्दो थियो । यो देशमा रअ प्रबेश भईसकेसी देशमा एउटा न एउटा उथलपुथल आउँछ–आउँछ के । नभन्दै त्यसको पराकम्पन आईसक्यो । अब त्यसको ईपिसेन्टरबाट १० रेक्टर स्केल बराबरको भुईंचालो जान मात्र न बाँकी छ । त्यो भुईंचालो भोलि पुर्वराजा ज्ञानेन्द्रको टाउकोमा श्रीपेचसंगै हिन्दुराज्य पुनःस्वघोषित सहित पुनरत्थान भयो र गरे भने, त्यो भन्दा खतरनाक डरलाग्दो भुईंचालोको अर्को रुप के नै होला र ? हुन सक्ला के ? खवरदार यो आलेख दस्तखत गर्दैगर्दा, ओली सरकार भारत भ्रमणमा निस्कन्दैछन् । भारतसंगको आन्तरिक राजनीति तिक्तताको वीच पनि हठात र आकष्मिक उनको भारत भ्रमणले थुप्रै शंसयलाई खाली ठाउँ भर्ने स्थान दिन्छ । यो शंसय किन जन्मीरहन्छ भने नेपालमा जे जति राजनीति उथल–पुथलहरुका बीच राजनीति आमूल परिवर्तनहरु आउँछन् । यी र ती सबै नै प्रत्यक्ष–अप्रत्यक्ष छिमेकी राज्य भारतको ठुलो हात रही आएको छ÷रहने गर्छ । कथमदाचीत त्यसो भईहाले खण्डमा बिडम्बना र उदेकलाग्दो पनि नमानौं होला बस् ..! भलैः यस्तो भयाभहपुर्ण प्रतिगमन शासन ब्यवस्थाको उल्झन अवस्थाहरु आए,देशमा संकटकाल लागू हुनेछ÷गर्नेछन् । जो शासन सत्ताको बागडोर उसताकसम्म उनै ओली सरकार कै कब्जामा नियन्त्रणमा हुनेछ । यस्तो परिस्थितिहरु आईहाले र जन्मिए देश पुर्ण त रक्तपातपुर्ण गृहयुद्वको

बैकल्पिक निदान र निकासको बाटोः

निश्चय नै कुनैपनि राजनीति ब्यक्तीको सनकले देश र जनताले दुःख पाउँने र क्षति ब्यहोर्ने भन्ने कवै हुन्न । आज आफ्नै घरझगडाको आन्तरिक किचोलोका कारण देश बन्धक बन्न गयो । राजनीतिमा आफ्नै घर डढेल्लो लगाएर कोही खरानी धस्ने र कोही पिठ्युँ सेक्दै रमाउँने प्रवृत्ति किमार्थ गुणकारी मान्न सकिन्न । यो सिंगो नेकपाले आफै माथी गरेको आत्माघाती गोल नै हो । आज जुन त्यो आत्माघाती गोलले संघीय लोकतान्त्रिक गणतन्त्रकै विश्व राजनीति रंगमञ्च माँझ नै उपहाँसपुर्ण निर्लज्जताको खिल्ली उडाई दिएको छ । दुईतिहाई बहुमत नजिक जनदेश प्राप्त सत्तारुढ पार्टीले यस्तो नीच किसिमको राजनीति हतकण्डाको फण्डा प्रदर्शन गर्न कदाचीत गर्न हुन्नथ्यो । पाँच बर्ष सत्ता चलाउने जनादेशपुर्ण लाईसेन्स प्राप्त गर्दा पनि पुनःआफै बलात आत्माहत्या गर्दै फेरि सघन उपचार्थ अस्पताल नै फर्कनु खोज्नु पक्कै शुभ होईन । यो ठाडै जनादेशरअभिमत विरुद्धको उपेक्षा र उपहाँस पनि हो । पुनश्चः ओली सरकारको यो कदमलाई, संविधानविद एवं विभिन्न सम्बद्ध प्रभुत्व ब्याक्तित्वहरुले संवैधानिक या लोकतन्त्र माथीको कु गरेको भनौं । या जे नै अंकुश लगाएको लाञ्छनाको सम्बोधनहरु गरेरभने पनि अन्ततः दलीय पार्टीहरुबीच एक आपसमा सहमतीय पुनरमिलनमा समझदारी कायम राखी सहकार्यमा मिल्नुको एकरत्ति विकल्प छैन । भने धराप र एम्बुसमा परेको लोकतन्त्रलाई जीवन्तता दिने र त्यसको त्राणरप्राण भर्ने अन्तिम आड, भरोषाको केन्द्र विन्दु भनेकै अबः सर्वोच्च अदालत मात्र बाँकी छ ।

देशलाई पुर्ण स्थिरता र अस्थिरतामा लैजाने र राख्ने निर्णायार्थ शक्ति भनेकै सर्वोच्च अदालतको हातमा रहि आएकोछ । ओली सरकारलाई शक्तिशाली र निरिहय बनाउँने मुख्य शक्तिको तालाचाबीको साचो नै यहीँ सर्वोच्च न्यायलय बलको कोर्टमा अल्झेको छ । परन्तुः सर्वोच्च न्यायलयले सदर या बदर नै गरे नि देशमा अस्थिरता पैदा हुने प्राय निश्चित नै देखिन्छ । कोर्टले सदर गरे, ओलीसंग छुट्टीनेहरु त्यसै नि आन्दोलित त हुने नै छन् भने, थप विपक्षी कांग्रेस लगायत अन्य दलीय पार्टीहरु पनि केही सडकमा निस्केलान् । अपितुः विपक्षी कित्ताका राजनीति पार्टीहरुलाई भने उसै नि अवसर प्राप्ति भए झैं भएको छ । खैरः कथमकदाचीत बदर गरिए देश झनै अस्थिरतातर्फ स्वसिद्व धकेलिने छ । मतलब देशमा ओली सरकारले शनैः शनैःसंकटकाल लागू गर्ने छ्न् । सडकमा देखिने चर्को आन्दोलनहरुको भीडभाडरुलाई संकटकाल मार्फत निषेधाज्ञा जारी गर्दै सत्ताभोग गरिरहनेछन् । भने आगामी सम्पन्न हुने आम निर्वाचनको तोक लागेका मितिहरुलाई पनि उहीँ संकटकाल हदम्यादको समय थप गर्दै,लम्बेत्तान डेटपोष्ट गर्दै २/४ वर्षसम्म अल्झाई राख्न पनि सक्छन् । अन्तः त्यो गर्न नि ओली सरकारको हकमा के बेर के ।

भलैः साँचो अर्थमा यो राजनीति संकटको मोचन गर्नुपर्दा, अहिलेको हकमा ओली सरकारलाई पुनः चिढ्याएर जानेभन्दा ऊनीसंग सहमतीय सम्झौंता मार्फत थप सत्ताभोग गर्न बाँकी समय निस्फिक्री उनैलाई दिने र भंग गरिएको सांसद विघटनलाई राष्ट्रपतिको सम्बोधनद्वारा पुनःस्थापीत गर्न लगाएर संवैधानिक कु लाई लिगमा ल्याईने छ भने अर्कोतीर लोकतन्त्रको प्राण पनि बाँच्न सक्छ । अनि शाख र गरिमा पनि बढ्न सक्छ । यो लोकतन्त्रको सबैभन्दा सुन्दर औं सर्बोत्तम संकट मोचनको बैकल्पिक निदान र निकास पनि हो यो । स्मरण रहोस् की, हिजोको इतिहासमा पनि यिनै कांग्रेस सभापती देउवाले राजदरबारमा बुझाएको प्रजातन्त्रलाई, तत्कालीन पुर्वराजा ज्ञानेन्द्रले कु गरेर सत्ता कब्जामा लिएका थिए । उसताकाका कोईराला बुढाले (नेका.पाटी सभापती) सांसद पुनरस्थापनाको माग र रटान राजासंग गरिरहे । अन्ततः १९ दिने जनआन्दोलन(२०६१/०६२) को सफलताले उक्त माग राजामार्फत रिटर्न ब्याक गरि छाडे र देशको अस्थिर राजनीति संकटको मोचन गरेथे/भएथे । मुलतःअहिलेको यो हकमा नि कसैले नजित्ने र कसैले नहार्ने समझदारी कायम गर्ने हो भने,मतलब ओलीले नि नहार्ने अनि देश र अन्य दलीय पार्टीहरुले पनि नहार्ने सम्झौंता भनेकै उहीँ सांसद पुनरस्थापनासंगै सहकार्य एवं मोर्चाबन्दीमा ओली सरकारकै नेतृत्व गठबन्धनमा सत्ता संचालन गर्ने सहमती बन्न सके नै, अप्रीय दुर्घटनाबाट कम्तिमा देश बच्न सक्थ्यो । कसैले आन्दोलनको हकमा अनाहकमा ज्यान गुमाउँनु पर्दैनथ्यो के । अहिलेको यो राजनीति विषम परिस्थितिमा विशेषःराजनीति सुत्रधारले प्रयोग गर्ने सहमतीय प्रस्ताव नै यिनै हुन् । यो भन्दा पर गए, देश रक्तपातको भड्खालोमा जाकिने छ । यसमा दुईमत नै छैन । दलीय पार्टीका लेण्डुपे प्रवृत्ति आचरण पालेका शिर्ष नेताहरु प्रचण्ड, माकुने र देउवाहरुले हेक्का राखुन् । यो मनन् गरुन् की, देश ठुलो की पार्टी र सत्ता हो..???

(लेखक मङसेबुङ मासिकका स्तम्भकार हुन् /प्रस्तुत लेख माङसेबुङ मासिकको पुस अंकमा प्रकाशित लेख हो)

Email: lojimaphago@gmail.com

सम्बन्धित खवर