म कसैको प्रेममा परेको छैन - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

म कसैको प्रेममा परेको छैन

  • सुमि लावती

पुन्टे साहु’ टेलीसिरियलमा एक दूई एपिसोडमा अभिनय गर्दै मोडलिङको दुनियाँमा पाइला चालेकी कलाकारिता क्षेत्रमा सम्भावनाले ओतप्रोत भएकी प्रतिभाशाली प्रतिभा हुन् सुमि लावती लिम्बु । थुप्रै स्टेज शोहरुमा छमछमी नाचेर दर्शकको मन जित्न सफल कुशल नृत्यङगाना समेत रहेकी उनी कला क्षेत्रमै जीवन खोजीरहेकि छन् ।

‘कला जीवनको ऐना हो’, कला बाटै जीवनका हर अनुभुतिहरुलाई दर्शकहरुको मन मुटु सम्म पुर्याउन सकिन्छ भन्ने सुमि लावती सानो छंदा नाच्न धेरै रुचाएपनि पन्ध्र, सोह्र बर्षको उमेरमा मात्र स्टेजमा नाचेपछि आफ्नो इच्छा पुरा भएको बताउँछिन् । सुरुमा नाच्न मन लागेर कलाकारिता क्षेत्रमा होमिएको भए पनि पछिल्लो समयमा भने कला क्षेत्रमै आफुलाई समर्पित गर्दै यसैमा भविश्य खोज्न थालेकि छन् सुमि लावती ।

सन्जित फलनाको कथा अनिसहाङ लाओतीको निर्देशन रहेको लघु चलचित्र ‘मिम्जिए’ मा अभिनय गर्दै नायिकाको समेत छवि बनाएका सुमि लावती कलाकारिताबाट बाँच्न सकिन्छ तर आफ्नो मेहेनतमा बिश्वास राखेर अगाडि बढ्नु पर्छ, अवश्य बाँच्न सकिन्छ भन्छिन् । माधुर्य स्वर, शालिन स्वभाव, संधै मुस्कुराएर मलिन स्वरमा कुरा गर्ने जो कोहि साथी संगीसंग हाँसी मजाक गर्ने बानीले गर्दा होला जो संग पनि छिटै नजिक हुने स्वभावकि सुमिले थप्रै कभर भिडियोहरुमा समेत आफनो प्रतिभा प्रस्फुटन गरेकि छन् ।

एक अर्काको मन या मर्म बुझ्नु नै प्रेम हो’ भन्ने सुमि मुसुक्क मुस्कुराउदै अहिले सम्म कसैको प्रेममा नपरेको बताउछिन् । किरात साम्यो साक्थिमगेन मुजोत्लुङ पान्जुम्भोमा केन्द्रिय कलाकारको रुपमा आवद्ध रहेकी सुमि अनिसहाङ लावतीलाई आफ्नो प्रेरणाको स्रोत मान्छिन् । सधैं अवसरको पखाईमा रहेको बताउने उनी पारिवारिक सपोर्ट भएकै कारण कलाकारिता क्षेत्रमा अघि बढ्न हौसला मिलेको बताउछिन् ।

असार ४ गतेलाई जन्मदिन मानाउने सुमि लावती पान्थरको मिक्लाजुङ गाउँपालिका ५, कुरुम्बामा जन्मेकि हुन् । हाल माङसेबुङ ५, इलाममा बसोबास गर्दै आइरहेकि सुमि गाउँबाटै अभिनयको यात्रा आरम्भ गरेकि हुन् । भविश्यमा समेत कला क्षेत्रमै जीवनलाइृ समर्पित गर्ने इच्छा रहेको र समयले कहाँ सम्म पुर्याउछ भन्ने सुमिले हालसम्म गायिका स्वस्तिाका सावादेनको आवजमा सजिएको म्युजिक भिडियो ‘कस्लाई पोखौं’, बिरेन सावदेन र स्वस्तिका सावादेनको आवाजमा सजिएको म्युजिक भिडियो ‘पोगिरो नालिफुङवा’ लगायत लघु चलचित्र ‘अधुरो प्रेम’ मा समेत अभिनय क्षमता पस्कि सकेकि छन् ।

प्रस्तुति : आन्छुमे नसान

सम्बन्धित खवर