नेकपा एमालेबाट बिजयी सबै जनप्रतिनिधि ओलि नेकपामा - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेकपा एमालेबाट बिजयी सबै जनप्रतिनिधि ओलि नेकपामा

माङसेबुङ । माुङसेबुुङका नेकपा एमालेबाट बिजयी सबै जनप्रतिनिधिहरु ओलि नेकपा पक्षमा रहेको छ ।

गाउँपालिका भरिका सबै जनप्रतिनिधिहरुले संयुक्त प्रतिवद्धता पत्र जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता र जनजिविकाको पक्षमा अविचलित र अविछिन्न रुपमा काम गरिरहेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को महान अभियान ओली नेतृत्वमा मात्र सम्भव रहेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीलाई पार्टी भित्रकै केही नेताहरुको काम गर्न नदिने प्रवृतिले गर्दा पार्टीमा अहिलेको समस्या आएको र ओली नेतृत्वको सिफारिसमा तोकिएको निर्वाचन मार्फत वर्तमान समस्याहरु समाधान हुने निस्कर्ष सहित ओली नेतृत्वलाई माुङसेबुुङ गाउँपालिकाका उल्लेखित जनप्रतिनिधिहरुको समर्थन रहेको जनाएको छ ।

प्रतिवद्धता पत्र जस्ताको तस्तैः

प्रतिवद्धता
(हामी जनप्रतिनिधिहरुको)
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा पछिल्लो समयमा उत्पन्न भएको परिस्थितिले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । पार्टी भित्र कै केही नेताहरुको सत्ता मोह र पदिय लोलुपताको कारण आज पार्टी विभाजनको अवस्थामा पुगेको छ । राष्ट्र, राष्ट्रियता र जनजिविकाको पक्षमा अविचलित र अविछिन्न रुपमा काम गरिरहनु भएका हाम्रो पार्टीका अध्यक्ष एव नेपाल सरकारका प्रधानमन्त्री श्रदेय क. के.पी. शर्मा ओली चौतर्फी घेराबन्दी गरेर काम गर्न नदिने पार्टी भित्रकै केही नेताहरुको आनीबानी र व्यवहारका कारण पार्टीमा आजको अवस्था आएको हो भन्ने हाम्रो ठहर रहेको छ । “समृद्ध नेपाल सुखी नेपाली” को महान अभियान क. के.पी. शर्मा ओलीको नेतृत्वमा मात्र सम्भव छ भन्ने बुझाई छ ।
खराब मानिहरुलाई देश जिम्मा लगाउन नसक्ने भएर जनताको माझमा आएको हुँ भन्ने धारणा सहित जनताको अभ्यास गर्ने गरी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री क. के.पी. शर्म ओली नेतृत्वको सिफिरिसमा तोकिएको निर्वाचन मार्फत मुलुकलाई थप सुद्धिढ एवं विकसित गर्न साथै उहाँले नेतृत्व गर्नु भएको पार्टीलाई सुद्धीढ र एकताबद्ध बनाएर अगाडी बढ्नको लागि इलामको माुङसेबुुङ गाउँपालिका उल्लेखित सबै जनप्रतिनिधिहरुको सामृहिक प्रतिवद्धत एवं समर्थन रहेको सामुहिक रुपमा जानकारी गराउँदै राष्टिय निर्माणको पक्षमा यहि कित्तामा उभिन माुङसेबुुङका सम्पूर्ण नेता तथा कार्यकर्ता, जनप्रतिनिधि, सुभेच्छुक, सुभचिन्तक लगायत सबैमा हार्दिक अपिल गर्दछौं ।

सम्बन्धित खवर