दिनेशको निर्देशनमा सुनिता र राजेशको ‘फुङ हेक्के निःने’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा सुनिता र राजेशको ‘फुङ हेक्के निःने’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायीका सुनिता थेगिम लिम्बु र लोकप्रिय गायक राजेश चेम्जोङ लिम्बुको सुमधुर आवाजमा सजिएको पाःलाम साम्लो ‘फुङ हेक्के निःने’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार सवर्ण नेम्बाङ लिम्बुको शव्दभावहरुमा राजु आङदेम्बे लिम्बुको लय संकलन रहेको पाःलाम ‘फुङ हेक्के निःने’ भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

निर्देशक दिनेश माङमु लिम्बुको निर्देशनमा जिन्सन खत्रीको मेकअप, बुद्ध थापाको छायाँकन तथा अनिल रानाको सम्पादन रहेको भिडियोमा राजेश चेम्जोङ लिम्बु, सोनिया लिम्बु र माइकल लिम्बुले अभिनय गरेका छन् ।

श्याम लिम्बुको संगीत संजोजन रहेको गीतमा राजु कार्कीको मिक्सिङ रहेको छ भने, उक्त गीतलाई श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

भिडियो हेर्नुहोस…
https://www.youtube.com/watch?v=MkEMmsxtuXw

 

सम्बन्धित खवर