‘माङले गर भनेपछि समाज सुधारमा लागेको हुँ’ : सेइङ(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘माङले गर भनेपछि समाज सुधारमा लागेको हुँ’ : सेइङ(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । किरातीहरुको महान पर्व कक्फेक्वा तङनामको अवसरमा फुलुङगीमा लाग्ने मेला अरु मेला जस्तो नभएर सेवा गर्ने, तपस्या गर्ने धार्मिक मेला भएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ले बताउनु भयो ।

बिहिबार राष्ट्रिय विभूति महहागुरु फाल्गुनन्द ज्ञानभूमि खत्रक्पा संरक्षण समिति र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तपोभूमि फुलुङगी फाउण्डेसनको संयुक्त आयोजनामा सम्पन्न माघे सक्राती सत्यहाङमा शान्ति मकर मेलाको समापन समारोहमा आशिर्वचन प्रदान गर्ने क्रममा गुरु आत्मानन्द ‘सेईङ’ले सो कुरा बताउनु भएको हो ।

‘माङले गर भनेपछि समाज सुधारमा लागेको हुँ’ गुरु आत्मानन्द ‘सेईङ’ले भन्नु भयो–‘म पनि स्वार्थी हुन लागेको थिए । तर माङले तेरो बाजेले छोड्नु भएका अधुरा कार्यहरुलाई पुर गर भने पछि, तपाईहरुलाई सम्झाउन थालेको हँु ।’

आशिर्वचनको क्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन ‘सेईङ’ले खत्रक्पा र फुलुङगी क्षेत्रलाई बृक्ष रोपण गरेर घना जंगल बनाएर हरियाली क्ष्ेत्र बनाउने सथै रिङरोड तथा सुन्दर फुलबारी बनाउने परिकल्पना गरेको बताउनु भयो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन ‘सेईङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको देव समुपस्थितिमा सम्पन्न समापन कार्यक्रममा प्रदेश नं १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यान्त्री राम बहादुर राना मगरले धर्म अनुसरण गर्ने होइन, धर्म ग्रहण गर्ने हो बताए ।

मन्त्री रानाले धर्मलाई ग्रहण गरे मात्र धर्मको मर्मलाई जीवनमा उतार्न सकिने बताए । उनले धर्म संस्कार संस्कृतिको अंग भएको र धर्मले मानिसलाई अनुशासनमा राख्ने बताउदै गुरु गरुआमाको सदिक्षा संग हामी सबै प्रेरित हुन सकौं भनि शुभकामन व्यक्त गरे ।

मन्त्री रानाले खत्रक्पा र फुलुङगी माई, देउमाई र मेक्वामाईको संगम स्थल त्रिवेणीको रुपमा ठानेको र यस क्षेत्रको बिकासको लागि गुरु योजना तयार पारी बिकास गर्नुपर्ने र यस्को लागि सदैव तयार रहेको बताए ।

यसरीनै बिशेष अतिथि माइनगरपालिकाका मेयर दिपक थेबेले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तपोभूमि फुलुङगी क्षेत्र र राष्ट्रिय विभूति महहागुरु फाल्गुनन्द ज्ञानभूमि खत्रक्पा क्षेत्रको बिकासमा माइनगरपालिकाको मेयरम निर्वाचित भएदेखि निरन्तर लागि परेको र आगमीदिनहरुमा समेत लागि पर्ने बताए ।

प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यान्त्री राम बहादुर राना मगरलाई सम्मान समेत गरिएको थियो ।

सप्ताहव्यापी मकर मेला र विशेषत येत् नाम्धुङ लधुङ सेमी सेवा, विश्व शान्ति तथा मानव एकताका लागि बिषेश सेवा, सावायेहाङ आप्लुङगेन ताङ्सेप सेवा समेत सम्पन्न भएको कार्यक्रममा पकरात चेत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ, कानुनी सल्लाहकार भिम खत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

राष्ट्रिय विभूति महहागुरु फाल्गुनन्द ज्ञानभूमि खत्रक्पा संरक्षण समितिका अध्यक्ष लोकबहादुर लिङदेनको अध्यक्षतामा र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तपोभूमि फुलुङगी फाउण्डेसनका अध्यक्ष जगतबहादुर लाओतीको सह–अध्यक्षतामा स्वागत तथा औचित्य मन्तव्य उदयबिक्रम तुम्बापो र कार्यक्रम सञ्चालन काजी लिङदेनले गरेका थिए ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर