काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् ।
आइतबार मिस मंगोल २०१८ जाङ्मु इन शेर्पासँग मुख्यमन्त्री राई काठमाडौंमा विवाह बन्धनमा बाँधिएका हुन् ।
४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग विवाह गरेका हुन् । बालुवाटारस्थित एलिश रिसेप्सन्समा विवाह समारोहको आयोजना भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको समय भएको भन्दै मुख्यमन्त्री राईको विवाहमा अति निकटका सानो समूहलाई मात्र आमन्त्रण गरिएको छ । राईको विवाहमा सञ्चारकर्मीलाई पहुँच दिइएको छैन ।
मुख्यमन्त्री राईको विवाहको रिसेप्सनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च अधिकारीलाई निम्ता दिइएको उनको निजी सचिवालयले जनाएको छ ।