थोकफेला र लक्षमणको आवाजमा ‘आऊ है कान्छी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र लक्षमणको आवाजमा ‘आऊ है कान्छी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका थोकफेला लिङदेन लिम्बु र गायक लक्षमण कुरुम्बाङ लिम्बुको सुमधुर आवाजमा पुर्वेली लोकभाका गीत ‘आऊ है कान्छी’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार बिवस माबोहाङ लिम्बुको शव्द संकलनमा गायक तथा संगीतकार राजु आङदेम्बे लिम्बुको लया संकलन रहेको पुर्वेली लोकभाका गीत ‘आउन कान्छी’ भिडियो गायिका थोकफेला लिङदेनको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

राजु कार्कीको संगीत संयोजन रहेको गीतको रेकर्डिङ सुरेश राईले गरेका हुन् भने मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

थोकफेला गार्मेन्टको प्रस्तुति तथा पहिरनमा बिवस माबोहाङ लिम्बुको निर्माणमा तयार भएको भिडियोलाई इसाक जबेगुले छायाँकन तथा सम्पादन गरेका हुन् ।

लक्षमण कुरुम्बाङ लिम्बुको कन्सेप्टमा तयार पारिएको भिडियोमा बिमला तामाङको मेकअप रहेको छ भने थोकफेला लिङदेन र लक्षमण कुरुम्बाङले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर