खुट्टा नकमाउन नेताहरुलाई अध्यक्ष लिङदेनको निर्देशन - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

खुट्टा नकमाउन नेताहरुलाई अध्यक्ष लिङदेनको निर्देशन

बेलबारी । संघीय मञ्चको मेचीकाली अभियानको दोस्रो चरणको कार्यक्रम अन्तर्गत लिम्बुवानको सबै जिल्लामा राजनीतिक प्रशिक्षणको आयोजना गरिने संघीय लिम्बुवान मञ्च नेपालका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले बताए ।

संघीय लिम्बुवान मञ्च नेपाल मोरङ् जिल्ला कार्य समितिको आयोजनामा मोरङको बेलाबारी स्थित बेतना सिमसारको सभाहलमा सम्पन्न एकदिने राजनीतिक प्रशिक्षण कार्यक्रममा अभियानका संयोजक समेत रहेका अध्यक्ष लिङदेनले उक्त कुरा बतएका हुन् ।


‘खास गरेर अहिलेको एकात्मक राज्य सत्ताको नालायकिपनको विरुद्ध मञ्चले भण्डारफोर अभियान गर्दै मेचीकाली अभियान शुरु गरेको हो’ अध्यक्ष लिङ्देनले भने – ‘मञ्चको डकुमेन्ट सबै जिल्लामा पु¥याई एकात्मक पार्टीहरुसँग खुल्ला प्रतिस्पर्धा गर्दै पहिचान सहितको १०ं१ प्रान्तको खाँका कोर्न मञ्च सक्रिय भएको छ ।’ उनले थपे – ‘चुनौतीहरुको चाङ्बाट मञ्चको राजनीति अघि बढेको हुँदा यो कहिल्यै नझुक्ने राजनीति दर्शन बोकेर उदाएको पार्टी हो ।’

एक हजार बर्षसम्म पहिचान विरोधी, संघीय विरोधी र गणतन्त्र विरोधी तत्वहरुसँग संघर्ष गर्न मैदानमा उत्रिएको पार्टी भएको हुँदा सबै नेता कार्यकर्ताहरुलाई अब खुट्टा नकमाउन लिङ्देनले आव्हान गरेका छन् ।

कार्यक्रममा बोल्दै अर्का वक्ता मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्ले संघीय पार्टी भएको हुँदा हाम्रो मुद्दा प्रष्ट छ कि हामी संघीय राज्य निर्माणमा निस्किएका छौं । बरु हामी मरौंला तर पहिचानको राजनीति अब नेपालमा कहिल्यै नमर्ने बताए ।

त्यसैगरी कार्यक्रममा मञ्चका महासचिव शान्ता योङ्हाङ्, संघीय अर्थ संयोजक विष्णु यक्सो, उपमहासचिव तथा जिल्ला इन्चार्ज दिल कुमार लावती, उपमहासचिव तथा लिम्बुवान महिला अध्यक्ष इन्दीरा मेन्याङ्बो, संघीय दलित शिल्पीमञ्चका महासचिव शर्मिला वागचन्द लगायतले कार्यक्रममा सहभागी नेताहरुलाई पार्टीको गतिविधि र आगामी कार्यक्रमहरुका बारेमा आफ्ना विचार राखेका थिए ।

जिल्ला अध्यक्ष दिलु लिङ्देनको अध्यक्षतामा मोरङ् जिल्लामा रहेका केन्द्रीय नेता, जिल्ला नेता, क्षेत्र, नगर, गाउँ र वार्डका प्रमुखहरुलाई राजनीतिक प्रशिक्षण दिईएको कार्यक्रमकमा स्वागत मन्तव्य जिल्लाका बरिष्ठ उपाध्यक्ष जीवन खेवाले गरेका थिए भने संचालन जिल्ला सचिव विशाल तिरुवाले गरेका थिए ।

सम्बन्धित खवर