पोखराकी एलिना गुरुङ बनिन् पहिलो ‘नेपाल स्टार’ - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पोखराकी एलिना गुरुङ बनिन् पहिलो ‘नेपाल स्टार’

काठमाडौं । नेपाल टेलिभिजनमार्फत प्रशारित सिङ्गिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् ।

शनिबार साँझ भएको फिनालेमा लक्ष्मण लिम्बु, सुरेश लामा र सन्देश लामालाई पछि पार्दै नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी हुन् ।

उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् । फाइनलमा स्थान बनाएका चारै जना प्रतिस्पर्धीले जनही ५ लाख रुपैयाँ पाएका छन् ।

विजेताले त्यसमा थप ३० लाख रुपैयाँ पाएसँगै शो विजेताले कुल ३५ लाख रुपैयाँ नगद पाएका हुन् ।

यसैगरि ‘शो’को विजेता बनेसँगै एलिनाले १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् ।

सम्बन्धित खवर