- आन्छुमे नसान
माङसेबुङ । यामनिङवा योङहाङ र देबेन्द्र चाेङबाङ अभिनित नेपाली कथानक चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) को प्रोमो सार्वजनिक गरिएको छ ।
खगेन्द्र यक्सोको निर्देशन तथा राजेन्द्र लाबुङ, जानुका श्रेष्ठ मगरको निर्माणमा बनेको नेपाली कथानक चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) को प्रोमो युमा आट्र्स युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
मेघराज मगरातीको छायाँकन तथा सम्पादन रहेको चलचित्रमा यामनिङवा र देबेन्द्रको अलावा टुपेन्द्र येक्तेन, सञ्चमाया वारुमहाङ लाबुङ, दिलिप फुरुम्बो, दिलु सुब्बा, राजेन्द्र लाबुङ, ललिता केदेम लाबुङ, कहरसिं मगर, जानुका श्रेष्ठ मगर, फुलमाया लाबुङ, कल्पना लाबुङ, चन्द्र फुरुम्बो, लाजेमा वारुमहाङ, कमला लिङदेन, आकृति राई, बुद्धिमान पालुङवा, टंक पालुङवा, भुवन पालुङवा, छत्र पालुङवा, जगत पालुङवा, गणेश मगर, साजन फुरुम्बो, स्वीटी मगर, मन कुमार केरुङ, रोमी पालुङवा, सीता तुम्बाहाङफे र सुजन न्यौपानेले समेत अभिनय गरेका छन् ।
दिलीप फुरुम्बो कथा तथा गीतमा दिलिप फुरुम्बो र मेघराज मगरातीको संगीत साथै दिलिप फुरुम्बो र मनु नेम्बाङकाे आवाज रहेको चलचित्रमा वल्ड वाईड इन्टरटेन्टमेन्ट कृएशन प्रा.लि.को पोष्ट प्रडक्सन रहेको छ ।
लिम्बु संस्कार संस्कृतिमा आधारित सामाजिक परिबेशको झल्को दिलाउने चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) युमा आट्र्सको प्रस्तुतिमा निर्माण गरिएको हो ।
भिडियो हेर्नुहोस…