लघु चलचित्र ‘आशा’ लिएर आईन् उपासना नेम्बाङ(भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लघु चलचित्र ‘आशा’ लिएर आईन् उपासना नेम्बाङ(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लामो समयदेखि कला क्षेत्रमा जम्दै आईरहेकि मोडल तथा नायिका उपासना नेम्बाङद्धारा अभिनित नेपाली कथानक लघु चलचित्र ‘आशा’ युट्युवबाट सार्वजनिक गरिएको छ ।

प्रकाश लिम्बुको निर्देशनमा उपासना नेम्बाङ, स्वामी सुबासचन्द्र, सबिना केसी बिष्ट र बाल कलाकार रीया तामाङ र प्रक्रिति बिष्टको अभिनय रहेको लघु चलचित्र ‘आशा’ उपासना नेम्बाङको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

उपासना नेम्बाङ र भावना ऐयरको कथा, उपासना नेम्बाङको पटकथा रहेको लघु चलचित्रलाई बिबी लिम्बु र पर्शु थलङ लिम्बुले छायाँकन गरेका हुन् ।

आमाको लागि नारी चाहिने, स्वास्नीको लागि नारी चाहिने तर सन्तानको लागि भने छोरानै चाहिने पितृसत्तात्मक समाजको लागि गतिलो सन्देश बोकेकोे लघु चलचित्रमा निशुम सुब्बाको मेकअप, अरुन मगरको यातायात र बिबी लिम्बुको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर