कुशल थलङको ‘आनाकानी किन हौ ठुली’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुशल थलङको ‘आनाकानी किन हौ ठुली’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक कुशल थलङको सुमधुर आजावमा सजिएको बिल्कुलै नयाँ गीत ‘आनाकानी किन हौ ठुली’ भिडियो युट्युवबाट सार्वजनिक गरिकएको छ ।

गीतकार रोशन थलङको शव्द रचना, गायक कुशल थलङकै संगीतमा अशोक लोहरुङ राईको संगीत संयोजन रहेको गीत ‘आनाकानी किन हौ ठुली’ भिडियो कुशल थलङको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिकएको हो ।

निर्देशक दिनेश माङ्मुको निर्देशनमा निर्माण भएको भिडियोमा कुशल थलङ, सुजाता थुलुङ राई, विष्णु मोक्तान, दिनेश माङ्मु लिम्बू, कानुन लिम्बू थेबे, रोयल लिम्बू, करिश्मा क्षेत्री, कृति मिभक र सबनम राईले अभिनय गरेका छन् ।

सबै भाईहरुको विवाह भईसक्दा समेत जेठोको भने आनाकानीमै बितेको अवस्थालाई रोमाञ्चक ढङ्गले प्रस्तुत गरिएको भिडियोलाई भूपेन्द्र तुम्बाहाम्फेले खिचेका हुन् ।

यसरीनै सोम मगरातीको मेकअप, रमेश मिभक र पुष्पा तुम्बाहाम्फेको पोष्ट प्रोडक्सन रहेको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर