भुपेन्द्रको निर्देशनमा ‘तिमी जाने बाटो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भुपेन्द्रको निर्देशनमा ‘तिमी जाने बाटो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । छायाँकनबाट करियर निर्माण गर्दै पछिल्लो समय निर्देशकको समेत छबि बनाएका निर्देशक तथा छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफेको छायाँकन तथा निर्देशनमा ‘तिमी जाने बाटो’ भिडियो युट्युवबाट सार्वजनिक गरिएको छ ।

लोकप्रिय गीतकार निलम आङबुहाङ राईको शव्दभावहरुमा बिक्रम राईको संगीत र मिथुन लिम्बुको सुमभुर स्वरमा सजिएको गीत ‘तिमी जाने बाटो’ भिडियो निलम क्रिएशन अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

थैली इन्टरटेन्टमेन्टको प्रस्तुतिमा किरण श्रेष्ठ र सुजता थुलुङ राईको अभिनय रहेको भिडियोमा सबु तामाङको मेकअप, अरुण न्योपानेको सहायक छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ । कथा तथा परिकल्पना भने इङगी होपो कोइन्च सुनुवारको रहेको छ ।

पुरुसोत्तम सुबेदीको संगीत संयोजन रहेको गीतमा मिक्सिङ मास्टरिङ किशोर थापा, रेकर्डिष्ट राजाबाबु थारु र स्टुडियो ए वान म्युजिसियनको रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर