थोकफेला र किसोरको निर्देशनमा राजु र गंगाको ‘स्वागतम लेखि’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र किसोरको निर्देशनमा राजु र गंगाको ‘स्वागतम लेखि’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक तथा संगीतकार राजु आङदेम्बे र गायिका गंगा फियाक लिम्बुको सुमधुर आवाजमा सजिएको पुर्बेली लोक गीत ‘स्वागतम लेखि’ युट्युवबाट सार्वजनिक गरिएको छ ।

थोकफेला लिङदेन र किसोर पतंवाको निर्देशनमा गीतकार दिपेन्द्र खड्काको शव्द संकल र राजु आङदेम्बेको लय संकलनमा पुर्बेली लोक गीत ‘स्वागतम लेखि’ सिमिक्लुङ दर्पण युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

अनिस लाओतीको छायाँकन, मनोज राईको सम्पादन, थोकफेला लिङदेनको सृङगार रहेको भिडियोमा लक्षमण कुरुम्बाङ लिम्बु र नुसीहाङमा सावादेन लिम्बुको अभिनय रहेको छ ।

सिमिक्लुङ दर्पणको अडियो प्रडक्सन तथा थोकफेला गार्मेन्टको भिडियो प्रडक्सनमा बलराम समालको संगीत संयोजन, मुस्कान मुकारुङको रेकर्डिङ तथा मिक्सिङ रहेको गीत सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठमाण्डौ र हिमालयन टोन्स स्टुडियो हङकङमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=PZaERWq0KC8

सम्बन्धित खवर