लघु चलचित्र ‘खोःसा’ सार्वजानिक हुदैं - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लघु चलचित्र ‘खोःसा’ सार्वजानिक हुदैं

  • कबिन तुम्बापो लिम्बु

धनकुटा । लिम्बू संस्कार, संस्कृती र पहाडी क्षेत्रको बिपन्न मानिसहरुको जीवन शैलिमा आधारित कथाबाट निर्माण गरिएको लघु चलचित्र ‘खोःसा’ शुक्रबार सार्वजनिक हुने पक्का भएको छ ।

कबिन तुम्बापोको कथा, कमला तुम्बापो र मिक्फुङ माङ्युङको निर्माण तथा राजेश किरातीको निर्देशनमा बनेको लघु चलचित्र ‘खोःसा’ शुक्रबार मिम्जिफुङ प्रेजेन्ट यु्ट्यूब च्यानलबाट सार्वजनिक हुने पक्का भएको हो ।

उक्त चलचित्रको छायाँकन भने गत असोजमा सम्पन्न भएको थियो । यश चलचित्रको छायाङकन धनकुटा जिल्ला चौविसे गाउँपालिकाको सौरे डाडा, देउराली आइतबारे,हाम्फाबुङ लगायतका स्थानहरुमा गरिएको थियो ।

यश चलचित्रको ट्रेलर यश अघि नै मिम्जिफुङ प्रेजेन्ट यु्ट्यूब च्यानलबाट सार्वजानिक गरिएको थियो ।

लघु चलचित्रमा आशा थेगिम, सर्गम खजुम,ममता थेगिम,श्रीमान खजुम,सन्देश तिम्बापो र जया चेम्जोङ, भक्त तुम्बापो, कृष्ण खजुम, बलबहादुर तुम्सा, सपना खजुम, दिना तुम्सा, सम्भु चेम्जोङ, पूर्ण चेम्जोङ र बाल कलाकार सेसे तुम्बापो लगायतले अभिनय गरेका छन ।

यश अघि लघु चलचित्र ‘लाम्भोबा’ निर्माण गरेपछि सर्वाधिक दर्शकको हौसला मिलेकोले नै त्यही दर्शक को हौसला, माया साथ सहयोगले अर्को लघु चलचित्र बनाउन उत्साहित भएर दर्शक समक्ष यो चलचित्र ल्याउन लागिएको निर्देशक राजेश किरातीले बताए ।

 

सम्बन्धित खवर