लिम्बु र याक्खा जातिले गाउने पाःलाम ‘आनी याक्थुङ्वा–२’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बु र याक्खा जातिले गाउने पाःलाम ‘आनी याक्थुङ्वा–२’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ । तमोर फिल्म्स् प्रा.लि.को प्रस्तुतिमा लिम्बू र याक्खा जातिले गाउने छथरे भाषमा आधारित पाःलाम ‘आनी याक्थुङ्बा–२’ सार्वजनिक गरिएको छ ।

चलचित्र निर्देशक दिनेश लिङ्देन, गायक शम्भू फोम्बो र आनी याक्थुङ्वासँग सम्बन्धित कलाकार, निर्देशकको उपस्थितिमा पाःलाम ‘आनी याक्थुङ्बा–२’ सार्वजनिक गरिएको हो । लिम्बू र याक्खा जातिले गाउने पाःलामको लयमा आधारित आनी याक्थुङ्बा

निर्देशक लोकेन साँबाको निर्देशनमा लिम्बुवानमा लाग्ने मेलाबाट करिब एक दुई किलोमिटरको दुरीमा लाग्ने टुक्रे बजारमा नाचिएको धाननाचलाई प्रस्तुत गरिएको भिडियोमा रुद्र पाहिम, पुष्पाञ्जली तिल्लिङ मादेन, बिमला खजुम, कृष्णराज नेम्बाङ, दिवस पयाङ्गु, मनु थक्लुङ लिम्बू, भीम सेनेहाङ, रोजिना थेगिम, नैनकला आङ्देम्बे, सीतादेवी फोम्बो, राधिका फोम्बो, पुष्पराज आङ्बुहाङ, रोजिना थेगिम, सुमन लिम्बू, निरन्ता नेम्बाङ, सीताराम लिम्बूले अभिनय गरेका छन् ।

तेज मेन्याङ्बो लिम्बूको शव्द संकलन, सुमन लिम्बूको लय तथा अशोक लोहरूङ राईको संगीत संयोजन रहेको पाःलाममा सुमन लिम्बू र निरन्ता नेम्बाङको अलावा दिवस पयाङ्गु, भीम सेनेहाङ, रोजिना थेगिम, दीपा सुहाङ लिम्बू, पुष्पाञ्जली तिल्लिङ मादेनले स्वर भरेका छन्

भिडियोमा दुर्गा बान्तावा र लोकेन साँबाको छायाँकन, बिकास दहालको सम्पादन, अप्सरा राईको मेकअप र माङगेन्ना ढाका बुटिकको पहिरन रहेको छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर