लक्षमण र सीताको आवाजमा ‘किधी काप्सा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लक्षमण र सीताको आवाजमा ‘किधी काप्सा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । बहुचर्चित रियालीटी सो ‘नेपाल स्टार’का फाईनलिष्ट लक्षमण हुक्पा चोङबाङ लिम्बू र लोकप्रिय गायिका सीता सिंघक लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको गीत ‘किधी काप्सा’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार यासेली योङहाङको शव्दभावहरुमा सजिएको देवेन चेम्जोङको संगीतमा सात बर्ष अगाडी रेकर्ड गरिएको गीत ‘किधी काप्सा’काे भिडियो गायिका सीता सिंघक लिम्बूको अफिसियल युट्यूव च्यानल फेदापहाङमाबाट सार्वजनिक गरिएको हो ।

लोकप्रिय निर्देशक युगल पोमुको कोरियोग्राफी, सृङगार तथा निर्देशनमा हङकङमा छायाँकन गरिएको भिडियोमा मौसम इम्बुङ लिम्बू ‘फु?लेन्देको बाउ’ र कल्पना नेम्बाङले अभिनय गरेका छन् ।

एन.एच.डी.डी. स्टुडियो हङकङको प्रस्तुतिमा निर्माण गरिएको भिडियोमा मज्जाको राईको छायाँकन, सम्पादन तथा कलर रहेको छ । भिडियोमा लिम्बू संस्कार संस्कृति र माया पिरतीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

नाम्लीङ ओख्राबो, यमुना लिम्बू, लक्ष्मी ओख्राबो, सन्जु लिम्बू गौचनको समेत अभिनय रहेको भिडियोमा प्रडक्सन मेनेजर भने वरधोज ओख्राबो रहेका छन् ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर