फाकफोकथुम लिम्बुवानको अध्यक्षमा दिपेन्द्र थेगीम - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाकफोकथुम लिम्बुवानको अध्यक्षमा दिपेन्द्र थेगीम

दमक । इलामको फाकफोकथुम गाउँपालिकामा संघीय लिम्बुवान मञ्च समिति गठन भएको छ ।

शनिबार आमचोक बजारको पासाङ ल्हमू सभाहलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका प्रान्तीय महासचिव शान्ता योङहाङको प्रमुख आतिथ्यता र उपमहासचिव दिल कुमार लावतीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमा दिपेन्द्र थेगीमको अध्यक्षतमा समिति गठन भएकोे हो ।

लिम्बूवानको उपाध्यक्षमा विरेन थेवे, सचिवमा डिल्ली विक्रम लिम्बु, सह–सचिवमा रनवीर योङहाङ, अर्थसचिवमा पवित्रा सुब्बा चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा गोपी थेगीम, मित्रलाल थेगीम, मन प्रसाद योङहाङ, भिम बहादुर देवान, टिका राम समाल र उकेन्द्र लिम्बु रहेका छन् ।

फाकफोकका सबै वडाहरुबाट प्रतिनिधिमुलक नेताहरुको सहभागिता रहेको कार्यक्रममा लिम्बुवानका सचिवालय सदस्य हेम जवेगु, केन्द्रीय सदस्य गोविन्द योङहाङले शुभकामना मन्तव्य राखेका थिए भने जिल्ला अध्यक्ष दिपक योङहाङले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर