एकान्त र दीपाको आवाजमा ‘कहिले नभुल’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकान्त र दीपाको आवाजमा ‘कहिले नभुल’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गाय तथा संगीतकार एकान्त आङदेम्बे लिम्बू र लोकप्रिय गायिका दीपा लामाको सुमधुर आवाजमा सजिएको गीत ‘कहिले नभुल’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार रुद्र केरुङ लिम्बूको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बेकै संगीतमा सजिएको ‘कहिले नभुल’ एकान्त आङदेम्बेकै अफिसिय युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

चित्र मिडियाको प्रस्तुतिमा जीवन वायुङ राईको निर्देशन, कविता लोप्चनको कथा र सृङगार तथा राजकुमार सुव्वाको छायाँकन रहेको भिडियोमा जीवन वायुङ राई, आयुसा लिम्बुखिम, मनिसा ओझा, आशिस लामा र कविता लोप्चनको अभिनय रहेको छ ।

सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको राजु कार्कीको संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर