सर्वोच्चबाट संविधानवाद्को रक्षा भएको छ : यादव - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सर्वोच्चबाट संविधानवाद्को रक्षा भएको छ : यादव

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्चको फैसलाले संविधानवाद्को रक्षा भएको बताएका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्रीको गलत कदमलाई दण्डित गर्दै लोकतन्त्रको रक्षा भएको बताएका हुन् ।

‘सर्वोच्च अदालतले प्रधानमन्त्रीको गलत कदमलाई दण्डित गर्दै संविधानवादको रक्षा गरेको छ,’ शिलापत्रसँग उनले भने ।

अब बस्ने संसदले मुलुकको आगामी राजनीतिक बाटो तय गर्ने यादवको भनाई छ । सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश जारी गरेको छ ।

सम्बन्धित खवर