काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्तले विवाह गरेकी छन् ।
बुधवार पाटनको एक चर्चमा क्रिस्चियन परम्परा अनुसार प्रेमी थीर कोइरालासँग विवाह गरकी हुन् ।
गायिका अन्जु र थीर विगत केही वर्षदेखि प्रेम सम्वन्धमा रहेको बताइएको छ । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिरत गरेका हुन ।
उनीहरुले सामान्य रुपमा चर्चमा विवाह गरेको बताइएको छ । बिहेमा सिमित आफन्तहरु र नजिकका साथीहरुलाई बोलाइएको बताइएको छ । उनीहरु दुबै क्रिस्चियन धर्ममा आस्था राख्छन् ।
उनीहरु दुबैले यस पटकको भ्यालेन्टाइन डे का दिन आफूहरु एकआपसमा प्रेममा रहेको सार्वजनिक गरेका थिए । गायिका पन्तको गायक मनोजराजसँग १० वर्ष अघि सम्बन्ध बिच्छेद भएको थियो । अन्जु पन्त र मनोजराजका एक जना छोरी रहेका छन् ।