किरात धर्म लेखौं अभियानको अन्तरक्रिया सिन्धुलीमा सम्पन्न - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्म लेखौं अभियानको अन्तरक्रिया सिन्धुलीमा सम्पन्न

सिन्धुली । देशव्यापी रुपमा हुन गईरहेको राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियानको अन्तरक्रिया सिन्धुलीमा सम्पन्न भएको छ ।

किरात धर्म लेखौ अभियानलाई सशक्त र प्रभावकारी रुपमा सञ्चालन गर्न विभिन्न जिल्लामा समन्वय समिति गठन र अन्तरक्रिया गर्ने क्रममा बिहिबार सिन्धुलीको मरिण नगरपालिकामा सम्पन्न भएको हो ।

किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सह–अध्यक्ष तथा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिं थेगिमको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रियामा नेपाल माझी उत्थान संघका केन्द्रीय अध्यक्ष गोविन्द लाल माझी, साङदाङगेन वरुमसामा लिला माझी, माझी उथान संघकै सदस्य कृष्ण बहादुर माझी, कोषाध्यक्ष सिरिलाल माझी, राई दनवार समाज नेपालका इन्द्र जंगको उपस्थिति रहेको थियो ।

अभियान महासमितिका उपाध्यक्ष कमला तुम्बापो, आर्थिक संयोजक प्रकाश सावादेन, सचिव काजीमान लिङदेन, सुनुगेन थक्सुबाका मनकुमार थेगिम, साक्थिम्गेनका केन्द्रीय सदस्य अनिस लाओती, संघका राष्ट्रिय समितिका इन्द्रकुमार सेर्मा सामाजिक संघ संगठनका प्रतिनिधि र किरात धर्मावलम्बीहरुको भेलाले किरात धर्म लेखौं अभियानको अन्तरक्रिया/छलफल भएको महासमितिले जनाएको छ ।

सम्बन्धित खवर