सुनिता र राजको ‘नुमा नुमा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता र राजको ‘नुमा नुमा’ सार्वजनिक (भिडियो सहित)

दमक । नव यवन युवाले युवतीलाई र युवतीले युवालाई देख्दा उत्पन्न हुने प्रेमिल कम्पन र प्रशंसाको भावले भरिएको लिम्बु गीत ‘नुमा नुमा’ सार्वजनिक भएको छ ।

चर्चित गायीका सुनिता थेगिम र नव गायक राज लिम्बुको स्वरमा सजिएको नुमा नुमा गीत बिहिबार आर.एल. म्युजिक इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

आन्छुमे नसानको शब्द रचना र संगीतकार एकान्त आङदेम्बेले कम्पोज गरेको ‘नुमा नुमा’ गीतलाई मिक्सीङ मास्टरीङ मुस्कान मुकारुङले गरेका छन् भने टेकेन्द्र यक्सोले एरेन्ज गरेका हुन ।

मोडल विशाल सेनेहाङ र बिमला खजुमलाई फिचरीङ गरिएको यस गीतको भिडियोलाई दिनेश माङमुले निर्देशन र कोरियोग्राफी गरेका हुन् । इसाक जबेगुले भिडियोको छाँयाङ्कन गरेका हुन ।

(भिडियो )

सम्बन्धित खवर