दिनेशको कोरियोग्रफी रहेको शिरबन्दी च्याटै सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको कोरियोग्रफी रहेको शिरबन्दी च्याटै सार्वजनिक (भिडियो सहित)


दमक । निर्देशक तथा कोरियोग्राफर दिनेश माङमुको कोरियोग्राफीमा बनेको शिरबन्दी च्याटै गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमियो फिल्मस्को ब्यानरमा बनेको ‘घरजम’ फिल्ममा समेटिएको शिरबन्दी च्याटै गीतको म्युजिक भिडियो बिहिबार रोमियो फिल्मस्को युट्युव च्यानल मार्फत सार्वजनि गरिएको हो ।

सुदरपुर्वी लिम्बु गाउँमा खिचिएको फिल्मको गीत शिरबन्दी च्याटै पर्वी लोक लयमा आधारित गीत हो । उक्त गीतमा गायक कुशल थलङले आवाज भरेका छन् । लक्ष्मण लिम्बुको रचना रहेको यस गीतलाई खगेन्द्र पन्धाकले कम्पोज गरेका छन् ।

लिम्बु संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘घरजम’ मा वुद्धि तामाङ, कुशल थलङ, सृजना सुब्बा, सुस्मा लिम्बु र हेमराज अन्छङ्बो लगायतले अभिनय गरेका छन् ।

घरजम फिल्मलाई मौसम इम्बुङ ‘फुलेन्देको बाउ’ले निर्देशन गरेका हुन भने उपेन्द्र सुब्बाले कथा लेखेका हुन ।

सम्बन्धित खवर