पोखरामा किरात धर्म लेखौं विषयक अन्तरक्रिया कार्यक्रम - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पोखरामा किरात धर्म लेखौं विषयक अन्तरक्रिया कार्यक्रम

पोखरा/राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियान कार्यक्रम अन्तर्गत कास्की जिल्लाको पोखरामा किरात समाज सेवा समितिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

नेपालमा हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात धर्म लेख्ने, लेखाउने विषयमा किरात समाज सेवा समिति पोखराका अध्यक्ष लोकेन्द्र चाम्लिङ राई, समितिका पूर्व अध्यक्ष गजेन्द्र माबो र किरात याक्थुङ चुम्लुङ पोखरा अध्यक्ष धनबहादुर थेबे लगायतसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिमले जनाएको छ ।

 

किरात धर्म लेखौं अभियानलाई देश व्यापी रुपमा सञ्चालन गर्ने शिलशिलामा शुक्रबार कास्की जिल्ला पोखरा महानगरपालिका वडा न.८ धौलागिरी होटेल एन्ड रेस्टुरेन्ट सिर्जना चोकमा अन्तरक्रिया कार्यक्रम गरिएको महासमितिका कोषाध्यक्ष प्रकाश सावदेनले जनाएको छ ।

 

आसन्न राष्ट्रिय जनगणना २०७८ मा सम्पूर्ण किरात समुदायका जातजातिले धर्मको महलमा किरात धर्म लेख्न, लेखाउन किरात समाज सेवा समिति पोखराको संयोजकत्वमा समन्वयन समिति गठन गर्ने निर्णय समेत गरिएको सह अध्यक्ष थेगिमको भनाई छ ।

यसरी किरात धर्म लेखौं विषयमा छलफल तथा अन्तरक्रिया गर्न किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा अभियान टोली सो क्षेत्रमा पुगेको हो । भने, पोखरामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न महासमितिका महासचिव भीमहाङ थाङदेनले समन्वयनको भूमिका निर्वाह गरेको थियो ।

 

टोलीका प्रतिनिधिहरुमा महासमितिका उपाध्यक्ष कमला तुम्बापो, महासचिव भीमहाङ थाङदेन, कोषाध्यक्ष प्रकाश सावदेन, सचिव काजीमान लिङदेन, किरात साम्यो सुनुगेन थक्सुबा पान्जुम्भोका मनकुमार थेगिम, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका केन्द्रीय सदस्य अनिस लाओती, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति नेपालका अध्यक्ष इन्द्रकुमार सेर्मा, साङदाङगेन वरुमसामा लिला माझी लगायतका संघ संगठनहरुका प्रतिनिधि सहभागि रहेको महासमितिले जनाएको छ ।

सम्बन्धित खवर