व्रविम र स्वस्तिकाको प्रेमिल गीत ‘आई लभ यु इङघङ फेन्निल्ले’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

व्रविम र स्वस्तिकाको प्रेमिल गीत ‘आई लभ यु इङघङ फेन्निल्ले’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । मुन्धुमी गायकको रुपमा चर्चा कमाएका लोकप्रिय गायक तथा संगीतकार व्रविम सेर्मा ‘चेसुङ’ र उम्दा गायिका स्वस्तिका योङहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको रोमान्टिक प्रेमिल गीत ‘आई लभ यु इङघङ फेन्निल्ले’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार नेम खापुङ शव्दभावहरुमा व्रविम सेर्माको संगीत रहेको अङग्रेजी र लिम्बू भाषामा मिश्रण गरिएको रोमान्टिक गीत ‘आई लभ यु इङघङ फेन्निल्ले’ ओरिजिन नेपाल युट्यूव च्यानलवाट सार्वजनिक गरिएको हो ।

इसाक जबेगुको छायाँकन तथा सम्पादन रहेको भिडियोमा गायक गायिका व्रविम सेर्मा र स्वस्तिका योङहाङलाईनै अभिनयमा देख्न सकिन्छ ।

सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठमाण्डौमा रेकर्ड गरिएको गीतको संगीत संयोजन पदम राजन मगरले गरेका हुन् भने मिक्सिङ तथा माष्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर