लक्ष्मी र रोहित अभिनित, इन्द्रशुसिल र सृजनाको ‘मिक्लारेन कोम्हा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लक्ष्मी र रोहित अभिनित, इन्द्रशुसिल र सृजनाको ‘मिक्लारेन कोम्हा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक इन्द्रशुसिल चोङवाङ लिम्बू र लोकप्रिय गायिका सृजना जबेगु लिम्बूको सुमधुर स्वरमा सजिएको लिम्बू संस्कृतिमा आधारित पाःलाम ‘मिक्लारेन कोम्हा’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार रोहित मादेन लिम्बूको शव्द संकलनमा गायक तथा संगीतकार राजु आङदेम्बे लिम्बूको लय संकलन रहेको पाःलाम ‘मिक्लारेन कोम्हा’ सिमिक्लुङ दर्पण युट्यूव च्यनलबाट सार्वजनिक गरिएको हो ।

नायिका तथा मोडल लक्ष्मी योङहाङ र रोहित मादेन, इन्द्रशुसिल चोङवाङ, सृजना जबेगु लगायत थुप्रै कलाकारहरुको समेत अभिनय रहेको भिडियोमा संगीत आँखेवा लिम्बूले निर्देशन रहेको छ भने छायाँकन तथा सम्पादन कृष्ण थलङले गरेका हुन् ।

पदम राजन मगरको संगीत संयोजन तथा रेकर्डिङ रहेको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् भने सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोमा द हाईलेण्ड आर्ट, सिक्वेन्स फेसन हाउस र थोकफेला गार्मेन्टको पहिरन रहेको छ भने सृङगार सुनिता किरातीले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर