पदम दुखीको शव्दमा सुहाङ र बिध्याको ‘शहर राम्रो इटहरी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पदम दुखीको शव्दमा सुहाङ र बिध्याको ‘शहर राम्रो इटहरी’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ । गायक सुहाङ लावती लिम्बू तथा गायिका विध्या आङला लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘शहर राम्रो इटहरी’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार पदम दुखी सम्बाहाङफेको शव्द तथा संगीतमा सजिएको टंक लिम्बू कुरुम्भङको संगीत संयोजन रहेको पुर्वेली लोक भाकाको गीत ‘शहर राम्रो इटहरी’ वल्र्ड याक्थुङ लिम्बू कल्चरल युनिटी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

आन्छुमे नसानको निर्देशनमा निर्माण गरिएको भिडियोमा प्रविन सेलिङ सेन्दोको छायाँकन रहेको छ भने, सुजन श्रेष्ठले सम्पादन तथा कलर गरेका छन् ।

हाङमा आङला लिम्बू र निवस राईको अभिनय रहेको भिडियोमा दिल्लीसो हाङमा तुम्साको मेकअप रहेको छ भने सहायक निर्देशन सङसेमी माङयुङले गरेका छन् । गीत रिफ डिजिटल रेकर्डिङ स्टुडियो दमकमा रेकर्डिङ गरिएको हो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर