वविनाको ४८१३ मिटर उचाईमा छायाँकन गरिएको ‘गोक्यो रि’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वविनाको ४८१३ मिटर उचाईमा छायाँकन गरिएको ‘गोक्यो रि’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । युवा पुस्तामाझ छाईरहेकि अहिलेकि लोकप्रिय गायिका वविना किराँतीको आवाजमा सजिएको नेपाली गीत संगितको दुनियाँमा ४ हजार ८ सय १३ मिटरको उचाईमा अडियो तथा भिडियो छायांकन गरि तयार पारिएको गीत ‘गोक्यो रि’ सार्वजनिक गरिएको छ ।

दुर्लभ जन्तरे(बुद्धि राज राई) को निर्देशन रहेको सोलुखुम्बु जिल्लाको हिमाली क्षेत्र गोक्योमा कलाकारहरु बाद्यबादन र रेकर्डिङका लागि आवस्यक उपकरण सहित पुगेर लाईभ बाजा बजाएर सोही ठाउमा अडियो रेकर्ड तथा भिडियो छायांकन सम्पन्न गरि तयार पारेको ‘गोक्यो रि’ भिडियो गायिका वविना किराँतीको अफिसियल युट्यूव च्यानलमार्फत सर्वावनिक गरिएको हो ।

गीतकार मिलन किराँतीको शब्द रचनामा बहुप्रतिभाशाली गायक तथा संगीतकार बिक्रम राईको संगीत साथै फनिन्द्र राईको संगित संयोजन रहेको गीतलाई वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले अडियो रेकर्ड गरेका हुन ।

इसाक जबेगुको छायाँकन तथा सम्पाद र दुर्गा प्रसाद राईको सहायक छायाँकन रहेको भिडियोमा गायिका वविना किराँती, मोडल अनिश सिङ्जाली मगर, र १० वर्षिय बाल कलाकार रायल राईले अभिनय गरेका छन् ।

नेपाली साहासीक कलाकारहरुको टोलिले एउटा छुट्टै नयाँ आयम थपेको गीत ‘गोक्यो रि’ अडियो तथा भिडियलाई पर्यटन ब्यवसायी सन्च बहादुर राई, बासुरी बादक पावल राई, सिनेमाटोग्राफी राजन खरेल, र पर्यटन व्यावसायी तथा समाजसेवी लक्ष्मण कार्कीले निर्माण गरेका हुन् ।

यसैगरि लाईभ बाद्यबाधनमा गिटारिस्ट राजिब बैजु, मादल बिक्रम राई, बासुरी पावल राई तथा अक्टाप्याडमा बिक्रम गुरुङ रहेका छन । यो सम्पुर्ण प्रोजेक्टको निर्देशक तथा सहजीकरण भने गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर पुष्कर नेपालले गरेका थिए ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर