सन्जय र दीपाको आवाजमा ‘सहेले बेशी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सन्जय र दीपाको आवाजमा ‘सहेले बेशी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक सन्जय निङलेकु लिम्बू र गायीका दीपा सुहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोकभाकाको गीत ‘सहेले बेशी’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार मोहन फोम्बो लिम्बूको शव्द संकलनमा गायक सन्जय निङलेकुकै लय संकलन रहेको गीत ‘सहेले बेशी’को स्टुडियो भिडियो गायक सन्जय निङलेकुको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

थेह्रथुमका ऐतिहासिक तथा रमणिय स्थलहरुलाई वयान गर्दै प्रेमिल भावहरु समावेश गरिएकोे विशेष गरि सोल्टी र सोल्टीनीको जुहारीलाई समेटिएको गीत संकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।

राजु कार्कीको संगीत संयोजन रहेको घाँस दौरा मेलापात अनि हाट वजार र मेलाहरुमा धान नाचेको, पिरति गाँसेको भाव झल्काउने पुर्वेली रहन सहनलाई गीत मार्फत प्रस्तुत गरिएको पुर्वेली लोकभाकाको गीत ‘सहेले बेशी’को स्टुडियो भिडियोको छायाँकन तथा सम्पादन समेत गायक स्वयम् सन्जय निङलेकुले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर