पोखरा । छम गुरुङको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासंघ नेपालको तमुवान राज्य समिति गठन भएको छ ।
शनिबार महासंघ केन्द्रीय तदर्थ समितिका सदस्य गौरी तमुको उपस्थितिमा महासंघको तमुवान राज्य समिति गठन भएको हो ।
तमुवान राज्य समितिको सह–संयोजकमा गिता रखाली मगर, सचिवमा दिपक वाइबा तामाङ, कोषाध्यक्षमा पवित्र तामाङ र सह–कोषाध्यक्षमा रुद्र सन्देश तामाङ छन् ।
यसैगरि सदस्यहरुमा क्रमशः रिम राना मगर, चेतबहादुर कुमाल, मानेन्द्रबहादुर कुमाल, तीर्थ गुरुङ, सुरज गुरुङ, तेजबहादुर गुरुङ, कुमार तामाङ, सुजन गुरुङ, अञ्जना तामाङ, चिनमाया तामाङ, सम्राट गुरुङ, अमृता थापा मगर र भोज विवश खण्डलुक मगर चयन भएको महासंघले जनाएको छ ।