- आन्छुमे नसान
माङसेबुङ । मुन्धुमी गायकको रुपमा छवि वनाएका लोकप्रिय गायक तथा संगीतकार व्रविम सेर्मा ‘चेसुङ’ र पछिल्लो समय एक पछि अर्को गीत गाएर स्रोता दर्शकहरुबाट चर्चा कमाईरहेकि लोकप्रिय गायिका सुनिता थेगिम लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘हिमधाङ पक्थाङाङ्’ भिडियो युट्यूवमार्फत सर्वजनिक गरिएको छ ।
गीतकार साइमन लिम्बूको शव्दभावहरुमा डिल्ली विक्रम सेर्मा र व्रविम सेर्माको संगीतमा सजिएको मर्मस्पर्शी गीत ‘हिमधाङ पक्थाङाङ्’ भिडियो ओरिजिन नेपाल युट्यूव च्यानलमार्फत सर्वजनिक गरिएको छ ।
व्रविम सेर्मा र सुनिता थेगिमलाईनै देख्न सकिने भिडियोमा इसाक जबेगुको छायाँकन तथा मनोज राईको सम्पादन रहेको छ ।
पदम राजन मगरले संगीत संयोजन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् ।
परिस्थिति वस अलगिएर वसिरहेका प्रेमिल जोडिहरुको इच्छा, चाहाना र पिडालाई बुनेर तयार पारिएको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियो हेर्नुहोस…