‘प्रेस मञ्च नेपाल’ घोषणा, अध्यक्षमा अर्याल - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘प्रेस मञ्च नेपाल’ घोषणा, अध्यक्षमा अर्याल

काठमाडौं । जनता समाजवादी पार्टीनिकट पत्रकारहरुको संगठन समायोजन गरी ‘प्रेस मञ्च नेपाल’ घोषणा गरिएको छ ।

शनिबार केशव अर्यालको अध्यक्षतामा १७१ सदस्यीय प्रेस मञ्चको संघीय समिति घोषणा गरिएको हो ।

समितिमा ३१ जना पदाधिकारी राखिएको छ । अर्याल तत्कालीन समाजवादी पार्टीनिकट प्रेस नेपालको तर्पmबाट अध्यक्ष भएका हुन् ।

उपाध्यक्षहरु १० जना छन् । दश उपाध्यक्षमध्ये प्रेस नेपालबाट अतिशकुमार मिश्र, नातिकाजी महर्जन, कमन देवान, प्रल्हाद पोखरेल, मनोज ढोडारी र विजय चाम्लिङ छन् ।

बाँकी चार उपाध्यक्षहरु विन्दकिशोर साह, आशिष गुप्ता, राजेश कर्ण र वीरेन्द्र साह तत्कालीन राजपाबाट छन् ।

महासचिवमा निमेश कर्ण छन् । उनी राजपाको तर्पmबाट हुन् । राजपातिरबाट दुई अलग–अलग संगठन थिए । जुन आपसमा समायोजन नै भएको थिएन ।

समितिको उपमहासचिव दुवैतिरबाट चार÷चार जना राखिएको छ । प्रेस नेपालबाट देवेन्द्र खापुङ, दीपेन्द्र रुम्दाली, शाहीमान राई, योगेन्द्र प्रताप शाही छन् भने राजपाबाट अमरेन्द्रकुमार यादव, विश्वनाथ ठाकुर, अंकुश श्रीवास्तव छन् । एक उपमहासचिवको पद हाल खाली राखिएको छ ।

सचिवहरुमा प्रेस नेपालबाट टीआर शर्मा, मुकेश कुमार मिश्र, विदुर ढुंगेल, उज्वल पौडेल छन् ।

राजपाबाट रामएकवाल साह, हरेन्द्र चौधरी, चन्द्रिका चौधरी, एसएम जहागस्त र ठाकुरसिंह थारु छन् । सचिवमा पनि एक पद खाली छ ।
यसैगरी कोषाध्यक्षमा पासाङ शेर्पा छिन् । उनी तत्कालीन प्रेस नेपालबाट हुन् ।

जसपा निर्माण भएपछि पत्रकारहरुको समायोजनका लागि पार्टीकी कार्यकारिणी समिति सदस्य हिसिला यमी, सुशीला श्रेष्ठ र केशव झा रहेको कार्यदललाई जिम्मा दिइएको थियो ।

हेर्नुहोस् सम्पूर्ण नामावली ः

सम्बन्धित खवर