जसपा नेपाल खुवालुङ संरक्षणको पक्षमा - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जसपा नेपाल खुवालुङ संरक्षणको पक्षमा


दमक । जनता समाजवादी पार्टी नेपालले खुवालुङ बचाउ अभियानमा ऐक्यवद्धता जनाउँदै संरक्षण र सम्बर्द्धनको माग गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै जसपा नेपाल प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले किराती मुन्धुम र सभ्यतासँग जोडिएको खुवालुङ भत्काउन नदिने जिकिर गर्दै संरक्षण र सम्बर्द्धनको माग गरेको हो ।

खुवालुङ संरक्षणमा मातहतको पार्टी पंक्तिलाई लाग्न निर्देशन दिँदै विज्ञप्तिमा खुवालुङ भत्काउने राज्यको कदमलाई प्रतिवाद गरिने उल्लेख छ ।

बिज्ञप्तिमा खुवालुङ भत्काउने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति किराती समुदायलाई समाप्त पार्ने षड्यन्त्र हो भन्दै जसपाले सो अभियक्तिको निन्दा र भर्त्सना गरेको छ ।

 

सम्बन्धित खवर