गंगा र नोसाङ अभिनित आन्छुमे नसानको ‘निङवासो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गंगा र नोसाङ अभिनित आन्छुमे नसानको ‘निङवासो’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ । गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा लोकप्रिय गायिका तथा मोडल गंगा फियाक र नोसाङ सुसेली अभिनित पालाःम साम्लो ‘निङवासो’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार आन्छुमे नसानको शव्दसंकलनमा संगीतकार तथा गायक नरेश लिङदेनको लय संकलनमा चर्चित गायिका मनु नेम्बाङ र नरेश लिङ्देनका मनै छुने भाकामा सजिएको पालाःम साम्लो ‘निङवासो’ भिडियो माङसेबुङ न्यूज टिभी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङ आसपासमा छायाँकन गरिएको भिडियोमा मिलन लावती ‘सहयात्रा’ दिल्लीसोहाङमा तुम्सा, सरिता राई, प्रकाश सावदेन, सेसे सेर्मा र सन्चहाङ सङवाङफे लगायतले अभिनय गरेका छन् ।

प्रविन सेलिङ ‘सेन्दो’को छायाँकन तथा सुजन श्रेष्ठको सम्पदन रहेको भिडियोमा सुजन आङबुहाङको कृउ र दिल्लीसोहाङमा तुम्साको मेकअप रहेको छ ।

एभरेष्ट स्टुडियो काठमाण्डौबाट रेकर्ड गरिएको असोक लोहोरुङको संगीत संयोजन रहेको पालाःम साम्लो ‘नोमिम’ गीति एल्वममा संग्रहित रहेको छ ।

गाउँले जीवनको रोमान्टिक तथा मौलिक जीवनशैलीलाई प्रस्तुत गर्न खोजिएको ‘निङ्वासो’ भिडियोमा लिम्बू संस्कारमा प्रचलित रहेको धान नाचका रमाईला किस्साहरु समेत समावेश गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर