च्याम्पियन्स लिग : युभेन्टस अन्तिम १६ बाट बाहिरियो - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : युभेन्टस अन्तिम १६ बाट बाहिरियो

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट इटालियन क्लब युभेन्टस बाहिरिएको छ ।

पोर्चुगिज क्लब पोर्टोलाई मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा ३–२ गोल अन्तरले पराजित गरेपनि समग्रमा नतिजा ४–४ गोलको बराबरी हुँदा पोर्टो अवे गोलको आधारमा अन्तिम आठमा पुगसंगै युभेन्टस बाहिरिएको हो ।

यससँगै युभेन्टस लगातार दोस्रो सिजन अवे गोलको आधारमा च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ ।

युभेन्टसको मैदानमा रोमान्चक बनेको खेलको १९ औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए । तर, खेलको ४९ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्टसलाई १–१ को बराबरीमा ल्याए ।

खेलको ५४ औं मिनेटमा पोर्टो १० खेलाडीमा समेटियो । उसका मेहेदि टेरेमी दुई पहेलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए

यसैगरि खेलको ६३ औं मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । किएजाको गोलसँगै खेल समग्रमा ३–३ को बराबरीमा पुग्यो । त्यसपछि निर्धारित समयसम्म थप गोल नहुदा खेल अतिरिक्त समयमा गयो ।

अतिरिक्त समयको १ सय १५ औं मिनेटमा सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्टो २–२ बराबरीमा ल्याए । त्यसपछि खेलको १ सय १७ औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३–२ को जित दिलाए पनि क्वाटरफाइनलमा पुर्याउन भने सकेन ।

सम्बन्धित खवर