उर्लाबारीमा खिबेक्वा याक्वा लाधुङसेमी सेवा सम्पन्न(फोटो फिचर) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उर्लाबारीमा खिबेक्वा याक्वा लाधुङसेमी सेवा सम्पन्न(फोटो फिचर)

  • चुक्सा याप्मी

उर्लावारी । किरात समाजको आयोजनामा मोरङको उर्लाबारी ८ अठियाबारी स्थित सिंहदेबी थानको प्रागणमा खिवेक्वा यक्वा लाधुङसेमी सेवा सम्पन्न भएको छ ।

आज(सोमबार) सम्पन्न खिवेक्वा याक्वा सेवामा बिगतदेखि आर्थिक सहयोग गर्दै आइरहेका समाजसेवी तथा बृदहरुलाई खदा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्मान गरिएका ब्याक्तित्वहरु भिमबहादुर योङहाङ सन्दिप लिम्बू अमृत आङबुहाङ लिलाम धिमाल सुर्यमान खजुम चन्द्रमाया राई रहेका छन ।

किरात धर्मावलम्बी धिमाल समुदायहरुको पनि बाक्लो उपस्थिति रहेको सेवामा उर्लाबारी, इटहरा र दमकबाट समेत सेवा गर्न आएका थिए । माङसेवासाबाहरु मिलन लाबुङ श्री जबेगु राम योङहाङ सेरबाहादुर वजि लिला माझी इङनाम गुरु लगायत रहेका थिए ।

किरात समाजका अध्यक्ष खड्कसिं थेबेले भने बिश्वशान्ती तथा चराचर सृष्टि रक्षार्थ आप्लुङगेन ताङसेप सेवा बिगत ४ बर्षदेखी सोही स्थानमा उधौली उभौली पुजाआजा गरिदै आएको पनि बताएका छन ।

माङ्वाहाङ्वा समेत बितरण गरिएको सेवामा समापन पछि माङप्रसाद ग्रहण गर्न निमन्त्रणा गरिएका स्थानिय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

सम्बन्धित खवर