इन्द्रशुसिल र तिर्सनाको आवाजमा ‘फुङलिङ बजार’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्द्रशुसिल र तिर्सनाको आवाजमा ‘फुङलिङ बजार’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक इन्द्रशुसिल चेङवाङ लिम्बू र गायिका तिर्सना नेम्बाङको सुमधुर आवजमा सजिएको पुर्वेली लोकभाकाको गीत ‘फुङलिङ बजार’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

निर्देशक तथा संगीतकार संगीत आङखेवा लिम्बूको निर्देशनमा गायक इन्द्रशुसिल चेङवाङ लिम्बू र टीना गुरुङको अभिनय रहेको ‘फुङलिङ बजार’ भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतकार कुशल तामाङको शव्द तथा संगीतमा सजिएको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको संगीत संयोजन भने पदम राजन मगरले गरेका हुन् ।

कृष्ण थलङको छायाँकन् तथा सम्पादन रहेको भिडियोमा सहायक छायाँकन नुर्वु तामाङको रहेको छ भने रीना लिम्बूको मेकअप रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर