वैवाहिक जीवनकोे पाचौं वर्षमा एकान्तले ल्याए ‘मेरो जीन्दगीको साहारा’ (भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वैवाहिक जीवनकोे पाचौं वर्षमा एकान्तले ल्याए ‘मेरो जीन्दगीको साहारा’ (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार एकान्त आङदेम्बेले वैवाहिक जीवनको पाचौं वर्षमा प्रवेश गर्दा आफ्नो जीवन सारथीलाई समर्पण गर्दै ‘मेरो जीन्दगीको साहारा’ भिडियो सार्वजनिक गरेका छन् ।

गायक एकान्त आङदेम्बेको सुमधुर आवजमा एकान्त आफैले कम्पोज समेत गरेको गीत ‘मेरो जीन्दगीको साहारा’ भिडियोमा जीवन सारथी वविता चाम्लिङ राईसंग रोमान्स समेत गरेका छन् ।

पोस्ट प्रडक्सन चित्र मिडिया तथा जीवन वायुङको रहेको भिडियोमा कविता लोप्चनको कोरियोग्रफी तथा मेकअप रहेको छ ।

पदम राजन मगरको संगीत संयोजन रहेको गीतको भिडियो गायक एकान्त आङदेम्बेकै अफिसियल युट्यूवच्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर