माङसेबुङमा गोमा सप्लायर्स र सफल कम्प्युटरको सहयोग(फोटो फिचर) - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा गोमा सप्लायर्स र सफल कम्प्युटरको सहयोग(फोटो फिचर)

माङसेबुङ । माङसेबुङमा गोमा सप्लायर्स र सफल कम्प्युटरले प्लाष्टिक बाल्टी वितरण गरेको छ ।

शुक्रबार झापाको दमकमा स्थापित गोमा सप्लायर्स र सफल कम्प्युटरले इलामको माङसेबुङ ५ मा रहेका धार्मिक संघ संस्थाहरुमा सहयोग स्वरुप प्लाष्टिक बाल्टी वितरण गरेको हो ।

सप्लायर्स तथा कम्प्युटरका विदुर नेपाल दाम्पतीले किरात हाङसाम माङहिम, किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समिति, किरात साम्यो माङसेवा साबा मुजोत्लुङ पान्जुम्भो, किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भो, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो र निजी गुरु आश्रम कृषि समिति, सामाजिक संस्था नाम्तोक्ला टोलका सेक्मुरी क्लबलाई पन्ध्र थान बाल्टी र जग हस्तान्तरण गरेको थियो ।

यस अघि सो दाम्पतिले दर्जनभन्दा बढी संघ संस्थाहरुलाई प्लाष्टिक आइटमका सामाग्री वितरण गरेको विदुर नेपालले बताए ।

दमक ६ नम्बर वडा कार्यालय, हाम्रो बाल आश्रम दमक, कमल गाउँपालिका भरिका आधारभूत विद्यालय, सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट कुन्जिबारीका प्रहरी कार्यलयलाई दाम्पति पुगेर प्रदान गरेका थिए ।

यस्तै प्रदेश स्तरीय एकिकृत अपाङ्गता पुर्नस्थापना केन्द्र दमक, जेष्ठ नागरिक प्रतिष्ठान दमक,सतासी धाम र गुरुकुल परिवार, मुक्तिशोर शिवालय मन्दिर कमल गाउँपालिका, पशुपति मन्दिर, बाँझो गाउँ माध्यामिक विद्यालय चुलाचुली गाउँपालिका, गणेश मन्दिर पाडाजुंगी समेतलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा माङसेवासाबाबाट संस्थाका कोषाध्यक्ष प्रकाश सावादेन, साक्थिम्गेन केन्द्रीय सदस्य अनिसहाङ लाओती, नालिफुङवाका माङसेबुङ अध्यक्ष बाइस कुमार राई, माङगेन्ना सेवाका सदस्य सुमन लाओती, क्लबका अध्यक्ष बिकल इधिङगो र माङहिका प्रतिनिधीहरुको उपस्थितिमा आयोजित कार्यक्रम माङसेबुङ होटलमा भएको हो ।

सम्बन्धित खवर