किरात धर्म लेखौं अभियान समिति मोरङ गठन - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्म लेखौं अभियान समिति मोरङ गठन

मोरङ/आसन्न राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियान कार्यक्रमलाई देश व्यापी रुपमा सशक्त र प्रभावकारी ढंगले सञ्चालन गर्ने शिलशिलामा मोरङमा अभियान समिति गठन गरिएको छ ।

शनिवार पथरी शनिश्चरे नगरपालिका १० मा अवस्थित किरात हाङसाम थेबा माङहिमको प्राङगणमा आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला कार्य समिति मोरङका अध्यक्ष रामभक्त कुरुम्बाङको अध्यक्षतामा किरात धर्म लेखौं राष्ट्रिय अभियान जिल्ला समन्वयन समिति मोरङ गठन गरिएको हो ।

यसरी गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान जिल्ला समन्वयन समिति मोरङको उपाध्यक्षमा पुरन राई, सचिवमा सुवर्ण लाओती, सह सचिव राज सङमी, कोषाध्यक्षमा वीरेन्द्र वनेम, सह कोषाध्यक्ष लक्ष्मी आङबुहाङ चयन हुनु भएका छन् ।

समितिको सदस्यहरुमा क्रमश : आकाश लङवा, छत्र थेगिम, फिपराज लिम्बू, मिना लिम्बू, राजेश मिभक, शुक्र आङदेम्बे, दिलिप पाहिम लगायत चयन भएका छन् । रिक्त पदाधिकारी तथा सदस्यहरुमा आगामी बैठकले मनोनित गरिने महासमितिले जनाएको छ ।

किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको किरात धार्मिक संघ संस्थाका कार्यकर्ता तथा सामाजिक संघ संगठनहरुका प्रतिनिधिहरुको भेलामा महासमितिका उप महासचिव आङबुहाङ अबोध अविरलले जनगणनाको महत्व, किरात धर्म र अभियान कार्यक्रमको अवधारणाबारे र सचिव ज्ञानु केदेमले अभियानको सांगठनीक गतिविधिका बारेमा सहजीकरण गर्नु भएको थियो ।

सो कार्यक्रममा किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका उपाध्यक्ष कमला तुम्बापो मिभक, उप महासचिव आङबुहाङ अबोध अविरल, सचिवद्धय ज्ञानु केदेम, सरिता राई, आर्थिक सह संयोजक खड्ग खालिङ लगायत उपस्थित रहनु भएको थियो ।

राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्न, गराउन संगठन विस्तार गर्ने क्रममा मोरङमा जिल्ला स्तरीय अभियान समिति गठन गरिएको अभियान महासमितिका उप महासचिव आङबुहाङ अबोध अविरलले बताए ।

उप महासचिव आङबुहाङका अनुसार किरात धर्म सम्बद्ध संघ सस्था एवंम किरातजन्य जातीय संघ संस्थाहरुसँग समन्वयन गरी किरात धर्म लेखौं अभियान कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न संगठन विस्तार गरिएको हो ।

यसरी गठन भएको जिल्ला समितिमा किरात धर्म तथा साहित्य उत्थान संघ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति, मातहत संस्थाहरुका प्रतिनिधिहरु, जिल्लामा निर्माण गरिएका किरात माङहिमहरुको प्रतिनिधिहरु, किरात धर्मावलम्बीहरु लगायत किरातजन्य संघ संगठनको प्रतिनिधित्व रहने गरी जिल्ला समिति गठन गरिएको महासमितिले जनाएको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति मोरङका अध्यक्ष रामभक्त कुरुम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई राज सङमीले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर